पोखरामा तराना साँङ्गीतिक साँझ

पोखरा, १४ फागुन /पोखरामा रहेर लामो समयदेखि गीत संगीतको विभिन्न विधामा प्रशिक्षण दिदै आईरहेको तराना म्युजिक सेन्टरले आयोजना गर्ने ‘तराना साङ्गीतिक साँझ २०७३’ को तयारी पूरा भएको छ ।  सेन्टरका प्रमुख एवं कार्यक्रम संयोजक श्रीमान् थुलुङले फागुन २१ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए ।

कार्यक्रमको मुख्य प्रायोजक ग्लोरी फेशन होम पोखराकी प्रोप्रइटर शान्ती श्रीसमगरले सगीतमा पहिलेदेखी नै रुची भएकाले सांगीतिक साँझको प्रयोजन गरेको बताईन् । तथा कलाकार हरि पुनले सह–प्रायोजन गरेका छन् ।सांगीतिक साँझमा लामो समयदेखि तराना म्युजिक सेन्टरमा संगीत प्रशिक्षण लिदैँ आईरहेका प्रशिक्षर्थीहरु शान्ति श्रीसमगर, स्मृति राई, काजी राई, तमन्ना गुरुङ, उमेश राई, सुनिल गायक, सुर्य गुरुङ, कमला थापा, सजना बास्तोला, सम बसेल, पूर्ण श्रेष्ठ, सरिता राई, सुष्मा शेरचन, सुरज रानाभाट, तेजु पुन, हरि पुन, विष्णु तामाङ, अनिस कुमार लगायत तीन दर्जन भन्दा बढी कलाकारहरुले सांगीतिक साँझमा गीत गाउनेछन् ।

यस्तै सञ्जय दुरा, अस्मिता थापा, केवश सुवेदी, ज्योती पुन, रञ्जित मगर, विनिशा गुरुङ, ममता राई, प्रिति तामाङ, संगीता राई, रोशनी गुरुङ, स्टार साङपाङ राई, सुमी सुनार, गगन घिमिरे, शारदा राई, संगीता बोहरा, माया रोका, शान्ति राई र सन्दिप गुरुङले पनि गीत गाउनेछ । कार्यक्रमका अवसरमा विभिन्न आकर्षक नृत्य, शास्त्रीय संगीत तथा लोकदोहोरी प्रस्तुत गरिने आयोजकले जनाएको छ । कार्यक्रम हेर्नलाई एक सय र दुई सय रुपैंयाँको टिकट काट्नुपर्नेछ ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मध्यान्ह १२ बजेबाट शुरु हुने कार्यक्रम ग्लोरी फेशन होम पोखरा मुख्य प्रायोजक तथा कलाकार हरि पुनले सह–प्रायोजन गरेका छन् । ज्योती पुन, नवराज बस्नेत, प्रेम राई, रिड मन्टेश्वरी, सुनगाभा दोहोरी साँझ, स्टार्स स्टुडियो, राई मोटर ड्राईभिङ इन्ष्टिच्युट, पञ्चामृत बेकरीले कार्यक्रमको प्रायोजन गरेका छन् ।

कार्यक्रम सम्पन्न गर्न २ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ भने एक लाख रुपैया बचत हुने अपेक्षा गरिएको छ । बचत भएको रकम तराना साँङगीतिक कोषमा जम्मा गरिने भएको छ । उक्त कोषबाट अहिले ६ जना गरिब तथा जेहन्दार छात्र÷छात्राहरुलाई निशुल्क रुपमा संगीत प्रशिक्षण दिदै आई रहेको कार्यक्रम संयोजक श्रीमान थुलुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...