पोखराबाट जोमसोम उडेको तारा एयरको ट्विनअटर सम्पर्क बिहीन, खोज तलास जारी

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन। पोखरा विमानस्थलबाट ७:५० मा २० यात्रु र चालक दलका तीन सदस्य सहित उडेको 9NAHH कल साइनको ट्विनटर सम्पर्कबिहीन भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी हरिहर योगीले बताए। विमान पुथाङ विमानस्थल जोमसोममा ८:१० मा ल्यान्ड हुनु पर्ने थियो। विमानलाई क्याप्टेन रोशन मानन्धरले उडाएका थिए भने को-पाइलट डिकेस नेम्कुल र परिचारिका रोमा राउत थिइन्। विमानमा दुइ विदेशी, दुई बच्चा सहित २० यात्रु थिए।

हराइरहेको विमान म्याग्दीको दाना गाविसको रुप्छेमा खसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। त्यस तर्फ प्रहरी गएको एसएसपी महेन्द्र कुमारा पोख्रेलले जनाए। विमानको खोजीको लागि काठमाडौंबाट तीन हेलिकप्टर त्यसतर्फ उडेको तारा एयरका मिडिया म्यानेजर भिमराज राईले बताए।

विमानमा को को थिए?

१) रेवती बराल

२) मुक्तिनाथ वास्तोला

३) विनिता भट्टचन

४) कृष्णलाल भट्टचन

५) दिलकुमारी गौचन

६) देविजंग गुरुङ

७) फन्जोक गुरुङ

८) लक्ष्मी हिराचन

९) मोति बहादुर केसी

१०) पवित्रा केसी

११) लेप्राङ लामा

१२) बालकृष्ण न्युरे

१३) कान्छा परियार

१४) डोल्मा छिरिङ शेर्पा

१५) राजकुमार तामाङ

१६) कमला थकाली

१७) Maksiuying चिनियाँ नागरिक

१८) Ralrashed Ahamed कुबेती नागरिक

चालक दल

क्याप्टेन :रोशन मानन्धर

को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत

विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन।

‘रूप्से झरनामाथि अागलागी भएको खबर अाएको छ’

जहाज हराएको खबर पाएपछि हामी खोजिमा जुटेका छाैं। टोलिसहित म अहिले मुस्ताङ र म्याग्दीको सिमाना लेतेमा छु। अहिलेसम्म जहाजको पत्तो लागेको छैन। डाइनेस्टिक एयर र नेपाली सेनाको दुइवटा हेलिकप्टरले संभावित रूटमा खोजि गरेको छ।
माैसम एकदम खराव छ। बाक्लो हुस्सु लागेको छ। हामीले पाएको जानकारीमा ३ जना चालक दल २ जना बच्चासहित २३ जना विमानमा सवार थिए।

म्याग्दी एरियामा कतै दुर्घटना भएको हुनसक्ने देखिन्छ। रूप्से झरनाभन्दा माथितिर अागलागी भएको खबर अाएको छ। हामी त्यता तर्फको विवरण लिन जुटेका छाैं। चीसो माैषममा कसरी अागलागी भएको भन्ने खुलेको छैन। नजिकको प्रहरी र सेना स्थल मार्गबाट त्यसतर्फ पठाइएको छ।

म्याग्दीको सिडियोसाव, क्षेत्रीय प्रशासन पोखरा, नेपाली सेनाका विभागहरू, स्थानीय प्रहरी र एयरलाइन्सका अधिकारीहरूसँगको निरन्तर समन्वयमा खोजी कार्य भैरहेको छ। मुस्ताङ र म्याग्दीका सबै प्रहरी युनिट खटिएका छन्।

मुख्य समस्या बाक्लो कुहिरो र हुस्सु देखिएको छ। दुर्घटना भएको क्षेत्र नै किटान गर्न सकिएको छैन। हेलिकप्टरले सर्च गर्दा पनि भिजिविलिटिको समस्याले केही पत्ता लाग्न सकेको छैन।

राती हल्का पानी परेको थियो। हिमपात परेको या चट्याङ परेको त्यस्तो केही छैन।

स्रोत: नागरिक

कमेन्टहरु
Loading...