नेपालकी तेरियालाई झलक दिखलाँ जाको उपाधि

काठमाडौं, ८ माघ /रूपन्देहीकी तेरिया मगरले भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि जितेकी छन्। बलिउड लाइफ अनलाइनले तेरियाले दुई प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेको बताएको छ।

भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइन संकरणले जनाएको हो । यसको आधिकारिक घोषणा भइसकेको छैन। ‘झलक दिखलाँ जा’ को फिनाले शनिबार बेलुकी प्रशारण हुनेछ।

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधि जितेकी थिइन् ।

कमेन्टहरु
Loading...