टी–२० क्रिकेटमा सन्दीप जोराको अर्धशतकमा कीर्तिमान, विश्वकै कान्छो क्रिकेटर

काठमाडौं, १७ माघ/ नेपाली क्रिकेटर सन्दीप जोरा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएर कीर्तिमान बनाएका हुन् ।

यस अघि क्यानडाका हिरल पटेलको नाममा कीर्तिमान थियो । हिरलले २०१० मा १८ वर्ष १ सय ७७ दिनको उमेरमा आयरल्याण्ड विरुद्ध अर्धशतक बनाएका थिए । उनले ४६ बलमा ३ चौका र १ छक्काको मद्धतमा अविजित ५३ रन बनाए । सन्दीप अन्तर्राष्ट्रिय टी–२० मा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि हुन् ।

डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । साथै डेब्यू खेलमा अर्धशतक बनाउने उनी २० औँ खेलाडी हुन् । टी–२० सिरिजको पहिलो खेलमा युएईसँग नेपाल २१ रनले हारे पनि सन्दीपको खेलले भने कीर्तिमान बनाएको छ ।

कमेन्टहरु
Loading...