उद्योगपती तथा नेता सुर्यबहादुर केसी कांग्रेसमा प्रबेश गर्ने

पोखरा, ९ कात्तिक /पोखरेली उद्योगपति तथा समाजसेवी सुर्य बहादुर केसी नेपाली कांग्रेसमा प्रबेश गर्ने भएका छन्। बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर पुर्व सभासद् समेत रहेका केसीले कांग्रेसमा प्रबेश गर्ने तयारी गरेको बताएका हुन ।

“ मुलुक अत्यन्त कठिन अबस्थामा छ, अनिर्णयको बन्दि भयर बस्न मन लागेन, द्धन्द्धकालमा १४ हजार बढी मान्छे मारेको पार्टी माओबादीसंग एमालेले बाम एकता गरेसंगै कांग्रेसमा प्रबेश गर्ने तयारी गर्दै हाल छलफलमा रहेको छु,” राप्रपाका पुर्व नेता समेत रहेका केसी भने । उनले एमाले मैन गएको थियो, स्थानीय निर्वाचनमा एमालेलाई नै सघाए । तर अब एमालेले प्रजातन्त्रको रक्षा गर्न सक्दै भन्न भने लागे पछि काग्रेसमा प्रबेशको तयारी गरेको बताए ।

केहि बर्ष देखि पार्टी परित्याग गरी स्वतन्त्र ढंगले बसेका थिए । आफु एक उद्योग पति भएको उल्लेख गर्दै केसीले आफुले धेरै सोच विचार गरी प्रजातन्त्र, मौलिक अधिकार, मानव अधिकार, निजी सम्पतिको अधिकार लगायतका अधिकारको संरक्षणको लागि पनि हाल आफु कांग्रेस जान लागेको बताए ।

सनातन धर्म सहितको हिन्दु धर्मको मुद्धा समेत आफुले उठाउदै अघि बढेको बताए । उनले अबको समय आर्थिक समृद्धिको भएकोले देशको युवा शक्तिलाई स्वदेशमै परिचालन गर्नुपर्नेमा जोड्दिए ।

 

कमेन्टहरु
Loading...