सुर्य नेपाल वेष्टर्न ओपन गल्फ उपाधि सन्जय लामालाई

पोखरा, १८ माघ/गल्फर सन्जय लामाले ९ वर्षपछि पोखराको हिमालयन गल्फ कोर्षमा आफनो अग्रतालाई जोगाउँदै १९ औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् । नेपालका शीर्ष बरियताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । शिवराम दोस्रो स्थानमा चिक्त बुझाए । लामाले ५४ होलमा २०७ को स्कोर बनाए भने शिवराम श्रेष्ठले २०९ को स्कोर बनाए ।

प्रतियोगितामा २१० स्कोर बनाउदै रबि खड्का तेस्रो भए । प्रतियोगिताको चौथो स्थानमा सुर्यप्रसाद शर्मा, पाँचौ स्थानाम कृष्ण राजबहाक, छैटौं स्थानमा धनबहादुर थापा, सातौं स्थानमा भुवन नगरकोटी, आठौं स्थानमा पोखराका भूबहादुर गुरुङ, नवौं स्थानमा भुवनकुमार रोका र दशौं स्थानमा विकास अधिकारी रहे । त्यसैगरी एमेच्योर तर्फको उपाधि धरानका एमेच्योर शुक्रबहादुर राईले जिते भने उपविजेता पोखराका अजित विक बने ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा प्रो तर्फ ३३ र एमेच्योर तर्फ २५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता लामाले १ लाख २० हजार राशीको पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो स्थानमा रहेका शिवरामले ७७ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रोले ५५ हजार, चौथोले ४३ हजार, पाँचौले ३५ हजार, छैटौंले ३३ हजार, सातौंले ३० हजार, आठौंले २८ हजार, नवौंले २६ हजार र दशौं स्थानमा रहने खेलाडीले २५ हजार रुपैयाँ जित्न सफल भए । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ ।

कमेन्टहरु
Loading...