पोखरामा जारी सुर्य नेपाल वेष्टर्न ओपनमा सन्जय लामा अग्रता

पोखरा, १६ माघ /पोखरामा बुधबार देखी सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा सन्जय लामाले अग्रता लिएका छन् ।१९ औं सस्करणको वेष्टर्न ओपनमा उत्कृष्ठ शुरुवात गर्दै शीर्षस्थानमा छन् । उनले बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरुभएको प्रतियोगितामा २ अण्डर ६७ खेल्दै अग्रता लिएका हुन् ।

नेपालका शीर्ष बरियताका गल्फर शिवराम श्रेष्ठले लेभल पार खेल्दै सुखद शुरुवात गरेका छन् । डिफेण्डिङ च्याम्पियन नेपाल आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा भने पहिलो दिन खराब लयबाट गुज्रिए । फ्रन्ट नाईनमा लेभल पार खेल्दै सुखद बनाएका पाँच पटकका विजेता शिवरामले दशौं होलमा पुगेर डबल बोगी खेलेपछि सन्तुलन गुमाए ।

भुवन नगरकोटीले पोखराको हिमालयन गल्फ कोर्षमा बुधबार २ ओभर ७१ को स्कोरसँग पहिलो दिन टुग्याए । छैटौं होलमा डबल बोगी खेप्दै तनावमा देखिएको नगरकोटीले फ्रन्ट नाईनको अन्तिम होल –९) होलमा बर्डी हिर्काएपछि केही राहतको महशुस गरे । १२ औं होलमा फेरी बोगी खेल्दै शुरुवात गरेपनि अन्तिमतिर आईपुग्दा १५ र १६ औं होलमा बर्डी हिर्काउँदै स्ट्रोक बचाए ।

पोखरेली प्रो कमल तामाङ पनि ३ ओभर खेल्दै ७२ रमा रहेका छन् । दुई, चार र सातौंमा बोगी खेल्दै कमजोर देखिएका तामाङले व्याक नाईन भने लेभल पार खेल्दै लयमा फर्किए । फ्रन्ट नाईन नै उनको लागि खराब शुरुवाती रह्यो । १३ मा बर्डी, १४ मा बोगी, १७ मा बर्डी र १८ मा बोगी खेपे । रबि खड्का तीन ओभर ७२ खेल्दै तामाङसँगै छन् ।

डिफेण्डिङ च्याम्पियन धनबहादुर थापा भने ४ ओभर खेल्दै उत्कृष्ठ शुरुवात गर्नबाट चुके । फ्रन्ट नाईन लेभल पार खेल्दै सन्तुलनमा देखिएका उनले व्याक नाईन भने अत्यासित रुपमा चार ओभर खेल्दै पहिलो दिनको यात्रालाई विट मारे । पाँचौ होलमा बोगी खेपेका उनले छैटौं होलमा बर्डी हिर्काउँदै स्ट्रोकको जोगाए ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा प्रो तर्फ ३३ र एमेच्योर तर्फ २५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले १ लाख २० हजार राशीको पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो स्थानमा रहेन गल्फरले ७७ हजार, तेस्रोले ५५ हजार, चौथोल ४३ हजार, पाँचौले ३५ हजार, छैटौंले ३३ हजार, सातौंले ३०हजार, आठौंले २८ हजार, नवौंले २६ हजार र दशौं स्थानमा रहने खेलाडीको भागमा भने २५ हजार रुपैयाँ पर्ने छ । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ । होल १८ को पार ६९ को कोर्षमा बिहीबार र शुक्रबारसम्म प्रतिस्पर्धा हुने छ ।

कमेन्टहरु
Loading...