सरकार र प्रतिपक्ष पार्टी व्यवस्थीत नहुदाँ लोकतन्त्र कम्जोर– पूर्व राष्ट्रपति डा. यादव

पोखरा, १९ चैत/पूर्व राष्ट्रपति डा. रामबरण यादवले लोकतन्त्रमा सरकार र प्रतिपक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पोखरामा मंगलबार सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्धारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०७५ वितरण गर्दै पूर्व राष्ट्रपति डा. यादवले लोकतन्त्रमा सरकार र प्रतिपक्ष भूमिका महत्वपूर्ण हुने बताए । उनले दुबै पार्टी व्यवस्थीत नहुँदा लोकतन्त्र कम्जोर हुने बताए ।

उनले स्वतन्त्र प्रेस बिना लोकतन्त्र संस्थागन हुन नसक्ने बताउदै विगतको आन्दोलनमा पत्रकारको भूमिका कसैले बिर्सिन नहुने बताए । पूर्व राष्ट्रपति यादवले संविधानमा सनातन धर्मको रक्षा गर्नु पर्ने उल्लेख गर्दै धर्म परिर्वन गराउनेलार्य कार्वाही गर्न छिटो कानुन ल्याउनु पर्ने बताए ।

उनले चुरेमा प्राकृतिक दोहन भयो भने जंगल समाप्त हुने बताए । उनले बिकासका नाममा जथाभावी डोजर स्काभेटरका आतंकका हुदाँ प्राकृतीक विपती आउन सक्ने तर्फ सरकारले बेलैमा ध्यान दिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०७५ बाट पत्रकार किशोर नेपाल सम्मानीत भएका छन् ।

उनलाई पूर्व राष्ट्रपति डा. यादव, सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टका संरक्षक सांसद एवं उद्योगपति सूर्यबहादुर केसी लगाएतले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, सम्मानपत्र, दोसल्ला सहित सम्मान गरे ।

कमेन्टहरु
Loading...