पोखराको सहित यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

पोखरा, २८ असोज / सरकारले सडक सञ्जाललाई सुरक्षित, छोटो छरितो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख गरेको छ । प्रस्तावित सुरुङमार्ग यी हुन् ।

१ हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक)
२ टोखा–छहरे–गुर्जे भन्ज्याङ
३ कोटेश्वर–जडीबुटी
४ खुर्कोट–चियावारी (सिन्धुली)
५ कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड
६ थानकोट–चित्लाङ
७ गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८ नयाँ बनेश्वरमा अन्डरपास
९  कुलेखानी–भीमफेदी
१०  बुटवल–सिद्धबाबा
११ दोलखाको लामाबजर
१२ बुटबल–नारायणगढको दाउन्ने खण्ड
१३ बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)

रहेका छन् । आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन् ।

कमेन्टहरु
Loading...