सिरुवारी होमस्टे, कस्तो र कसरी जाने

गाउँ पर्यटनको इतिहासमा सिरुवारीको नाउँ सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउँ हो सिरुवारी । स्याङजाको आधिखोला गाउँपालिका– १ को गुरुङ वस्तीलाई सिरुवारी (१,६१० मिटर) भनिन्छ । त्यहाँ गुरुङका ३९ घर छन् जहाँ १७ घरमा होमस्टे सुविधा छ ।

गाउँमा गुरुङ जीवन शैली र सास्कृतिक कार्यक्रममा रमाउन सकिन्छ । गाउँको सिरानमा रहेको गोरुजुरे डाँडावाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छे« हिमालको सुन्दर दृश्य देखिन्छ । सुर्योदय र सूर्यास्तका वेला मनमोहक देखिन्छ हिमाल । गाउँलेपन वाँचेको छ सिरुवारी ।

सिरुवारी होमस्टे
सिरुवारी होमस्टे

होमस्टे पर्यटनको शुभारम्भ सिरुवारीवाटै भएको हो । नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् । वि।सं। १९८७ भदौ १२ गते सिरुवारीमा जन्मेका गाउँ पर्यटनका नायक रुद्रमानको १५ फागुन ०७२ मा निधन भयो । उनले २०२५ सालमै सिरुवारीलाई पर्यटन गाउँ वनाउने सपना देखेका थिए । तर, धेरै समय लाग्यो । ०४८ सालदेखि पुर्वाधार विकासमा जोड दिए ।

र ०५४ असोजदेखि होमस्टे सुरु गरियो । गुरुङ संस्कृतिका लागि सिरुवारी । गाउँलेहरु आत्मिय व्यवहारका साथ अग्र्यानिक खाना खुवाउँछन् । आज सिरुवारी गाउँ होमस्टे पाठशालाका रुपमा स्थापित भैसकेको छ ।

कसरी पुग्ने ः काठमाण्डौ पोखरा २०० कि।मी । पोखरावाट सिरुवारीसम्म गाडी चल्छ । पोखरा–कार्कीनेटा सिरुवारी ६४ कि।मी छ । पोखराको पृथ्वीचाकवाट विहान १०ः३०,११ र दिउसो १ वजे वस छुट्छन् । तिनले ५ घन्टामा गन्तव्य पुर्याउँछन् ।

सम्पर्क
पर्यटन विकास समिति सिरुवारी, स्याङजा
जुम गुरुङ–९८४६१५९३८८
लिलर्जग गुरुङ–९८१७१७७४४७

(होमस्टे दर्पण २०७४ बाट लिइएको हो । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल, प्रदेश नम्बर ४ पोखरा र नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको हो ।)

कमेन्टहरु
Loading...