सुन्दरकुमार श्रेष्ठ धरौटीमा रिहा

पोखरा, ४ बैशाख /किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत कास्कीले बुधबार ५ लाख रुपैयाँ धरौटीमा छाडेको हो । न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो । १६ बर्षिय युवती बलात्कार गरेको अरोपमा चैत ८ गते पक्राउ गरेको थियो ।

यौन दुव्र्यवहारको आरोपमा उनीसंगै एनआइसी एशिया बैंकका शाखा प्रमुख सुवास सुबेदी गत शुक्रबार ३ लाख धरौटीमा छुटेका थिए ।

कमेन्टहरु
Loading...