राज्य कार्ड बाढ्ने, सुकुम्वासी बस्तीछोड्नु पर्ने !!

पोखरा, १८ मंसिर/ बिभिन्न समयमा राज्यले सुकुम्वासीहरुको लागि ब्यबस्थापन गर्न या लालपुर्जा उपलब्ध गराउन भन्दै आयोगहरु र्निमाण गरेपनि सुकुम्वासीहरुको समस्या समाधान भएको छैन ।

पोखरा महानगरपालिका वडा नं १४मा रहेको रातमाटे डाँडामा रहेका ८१ घरपरिवारका सुकुम्वासीलाई पनि राज्यले सुकुम्वासी परिचयपत्र बितरण गरि उनिहरुको हालबसोबास क्षेत्रको पनि सुचिकृत गरेपनि अहिले केही ब्याक्तिहरुले आफ्नो जग्गा भएको दावि गर्दे बस्ती हटाउने प्रयास गरेपछि समस्यामा परेका छन ।

राज्यले बसोबास किटानी सहित सुकुम्वासी आयोग मार्फत उनिहरुलाई सो क्षेत्रमा बसोबास गर्न अनुमति दिईसकेको अबस्थामा केही ब्याक्तिले जग्गा ओगट्ने मनसायले आफुहरुलाई त्रसित बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीहरुले सार्बजनिक रुपमा जिवन सुरक्षा तथा गाँस,बासको ब्यबस्था गर्न आग्रह गरेका हुन ।

बिगत २५ बर्ष देखि बसोबास गर्दे आएका सुकुम्वासीहरु राज्यले सुकुम्वासी बर्गिकरण गरि हामि ८१ घरपरिबारलाई यही क्षेत्रमा बसोबास गरेका आधारमा सुकुम्वासी परिचयपत्र बितरण गरिसकेको छ ।

बिषेशगरि केही मुस्लीम समुदायका मानिसहरुले आफ्नो जग्गा भएको दावि गरेको सो बस्तीका टोल बिकास सस्थाका अध्यक्ष राजु नेपालीले जानकारी दिए । जसले आफ्नो जग्गाको दावि गरेका छन उनिहरुले पनि जग्गाको आबस्यक प्रमाण भने आफुहरु संग देखाउन नसकेकोले उनिहरु जग्गा हडपप्न उद्धत रहेको उनले आशंका ब्यक्त गरे ।

२५ बर्ष सम्मा आफ्नो जग्गा हो भने किन खोजि गरिएन ? नेपालीले प्रतिप्रश्न गरे । अहिले आएर राज्य प्रणाली संक्रमणमै भएको अबस्थामा जग्गा हडप्नकै निम्ती सुकुम्वासीहरु प्रति अन्याय गरिएको अखिल नेपाल सुकुम्वासी संघका प्रदेश संयोजक अर्जुन मल्लले बताए ।

राज्यको बर्गिकरणमा परेका वा सुचिकृत भएका सुकुम्वासीहरु बस्दै आएको अबस्थामा निहित स्वार्थका भरमा केही अराजक जत्थाले बिना आधार, बिनाप्रमाण बस्तीमा प्रबेश गनर्,े धम्काउने,ज्यानमार्ने धम्की दिने वा राज्य आफ्नो नियन्त्रणमा भएको भन्दै राज्यको समेत दुरुपयोग गरि मनौबैज्ञानिक हिसावले कमजोर बनाउन प्रयास गर्ने काम भएको सुकुम्वासी संघको जिल्ला अध्यक्ष हर्कमान बि.क.ले जानकारी दिए ।

कम्युनिष्ट सरकार आएको बेला सुकुम्वासी ब्यबस्थापन गर्नुपर्नेमा उल्टै बस्तीाबट हटाउने कुरा सोच्न नसकीने र आफुहरु अन्तीम परे देशभरका सुकुम्वासी जम्मा गरेर भएपनि न्यायको पक्षमा लड्ने सुकुम्वासी संघका कास्की जिल्ला सचिव ओम बहादुर पौडेलले चेतावनी दिए । सो क्षेत्रमा केही ब्याक्तिहरुले अनाधिकृत रुपमा टहराहरु र्निमाण सुरु गरेका छन् ।

तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
कमेन्टहरु
Loading...