पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संसोधन गर्न बनेको विधेयक प्रमाणिकरण

106

पोखरा, १३ असोज / गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई संसोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् ।

गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् ।

विधेयकलाई भदौ ११ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले शुक्रबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाशाख अधिकृत सुरण प्रसाद शर्मा पौडेलले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको र गण्डकी प्रदेशको प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति शुक्रबार नै पठाइएको जानकारी दिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...