आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ५६१ खेलाडी छनोट

पोखरा, २७ फागुन/गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३५ खेलका खेलाडी छनोटलाई टुग्याएको छ । व्यक्तिगत तथा टिम इभेण्टमा खेलाडीहरु छनोट गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समिति पोखराले जनाएको छ ।

चैतको तेस्रो सातादेखि नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बास्केटबल खेलाडी छनोट गरिएको छ ।

बास्केटबल

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशले बास्केटल तर्फ २९ जना खेलाडी छनोट गरेको छ । महिला तर्फ तनुजा गुरुङ, सब्रिना पुन, ईशा पुन, विनिता पुन, दिपिका गुरुङ, तेलिसा पुन, कविता पुन, सीमा पुन, साविया पुन, लिसिम पुन, स्मृति गुरुङ, र रती गुरुङ छन् । बैकल्पिक खेलाडीमा सानिया पुन र मिना पुन रहेका छन् ।

त्यसैगरी पुरुष तर्फ नरेन गुरुङ, धन गुरुङ, राजु गुरुङ , निलकुमार गुरुङ, गिमेन पुन, सागर विक, नर्बु गुरुङ, सुदिप कार्की, प्रदिप पुन, सविन मगर, विजय पुन र प्रवेश पुन छनोट भएका छन् । बैकल्पिक खेलाडीमा तीन जना छन् । टशी गुरुङ, विवेक श्रेष्ठ र राजु पुन रहेका छन् ।

फुटबल

गण्डकी प्रदेशले फुटबल तर्फ पुरुषमा २० र महिला तर्फ २० जना छनोट गरिएको छ । पुरुषमा तीन बैकल्पिक रहदाँ महिलामा भने ६ जनालाई बैकल्पिक खेलाडीको रुपमा राखिएको छ । पुरुष तर्फ छनोट भएका खेलाडीमा आकाश रानाभाट, सञ्जय आलेमगर, मानबहादुर तामाङ, विपिन गुरुङ, सनम तामाङ, आशिष परियार, आशिष केसी, टंक गुरुङ, विश्व अधिकारी, कमल थापा, आनन्द दुरा, सरोज योञ्जन, लिलजंग गुरुङ, टिकाराज गुरुङ, थचित जि।टी, अनिल गुरुङ, मनोज गुरुङ, सचिन थापामगर, प्रकाश पुन र अवजित मास्के रहेका छन् । बैकल्पिकमा सुमन गुरुङ र गंगा गुरुङ छन् । एकजना भने खाली राखिएको छ ।

महिला तर्फ भने प्रियाङ्का गुरुङ, धनमाया गुरुङ, नमिता गुरुङ, सुप्रिया गुरुङ, अर्पिता गुरुङ, संगीता गुरुङ, मोनिला गुरुङ, सावित्री हिसान, सरु ह्माल, लेखमाथा मगर, पुष्पा गुरुङ, मनमाया दरै, सुष्मा जि।टी, रिया बानो, सरस्वती हमाल, संगीता नेपाल, शोभा पंगेनी, सृजना थापा, अस्मिता रानापाल र सबिना खड्का रहेका छन् । बैकल्पिक खेलाडीमा रन्जन लामा, प्रनिशा रानामगर, डिम्पल गुरुङ, पविता थापा, शुभेच्छा थापा र उदया थापा रहेका छन् ।

जिमन्याष्टिक

गण्डकी प्रदेशबाट पुरुष तर्फ मात्रै जिमन्याष्टिकका खेलाडी छनोट गरिएको छ । ६ खेलाडी नियमित छनोटमा परेका छन् भने दुई खेलाडी बैकल्पिकमा राखिएको छ । रोशन पुन, प्रवल गुरुङ, प्रज्वलराज गिरी, आकाश विक, आशिष खत्री र सन्तोष पुन छन् । त्यसैगरी संगम रानाभाट र किशोर थापा बैकल्पिकमा छन् ।

कब्बडी

टिम इभेण्टको रुपमा रहेको कब्बडी तर्फ पनि महिला र पुरुष तगरी २८ खेलाडी छनोट गरिएको छ । ४ जना खेलाडीलाई बैकल्पिकमा राखिएको छ ।

पुरुष तर्फ पुष्पप्रसाद चौधरी, मोहन चौधरी, अरुण पंजियार, तेजनारायण गुरौ, कृष्ण गुप्ता, सन्दीप यादव, राहुल विश्वकर्मा, अनिष बञ्जारा, असिन रानामगर,सन्देश सुरखाली, रोहित बोहोरा र होम रोका रहेका छन् । बैकल्पिक खेलाडीमा विष्णु सेन्चुरी र सविन रानामगर रहेका छन् ।

यसैगरी महिला तर्फ मिना नेपाली, कविता मगर, श्वेता मगर, तारा कार्की, अञ्जली मगर, सपना दर्लामी, गीता थकाली, दिपिका पुन, दिपिका गर्बुजा, सुनिसा तिलिजा, सन्ध्या पौडेल र प्रतिमाकुमारी चौधरी रहेकी छन् । बैकल्पिकमा विन्दु थापा र लक्ष्मी बिक रहेका छिन् ।

खो खो

गण्डकी प्रदेशको नवलपुर जिल्लामा आयोजित खो खो छनोट प्रतियोगिताबाट १२ जना नियमित र चार बैकल्पिक गरी १६ जना पुरुष खेलाडी छनोट गरिएको छ । आशिष महतो, अनिल सारु,ारी सुजन श्रेष्ठ, नरेश धामी, महेश केसी, सुरज महतो, शंकर रिजाल, सागर परियार, सन्दीप तामाङ, सुशान थापामगर, हिमाल गौचन र शंकर परियार रहेका छन् । छविलाल महतो, भीमबहादुर महतो, रोशन सुनार हिमाल खन्खवास रहेका छन् ।

महिला तर्फ सोही इभेण्टमा पुष्पा गुरौ, महिमा थनेत, कमलादेवी महतो, पुनम महतो, भगवती विक, पोषमाकुमारी महतो, अनिता विक, कोपिला थापामगर, माया छन्त्याल, मन्जु लामिछाने, सुभद्रा कुँवर र रोजिना भट्ट रहेकी छिन् । बैकल्पिकमा विना महतो, निता पंजियार र लक्ष्मी थनेत रहेका छन् ।

स्वीमिङ

गण्डकी प्रदेशबाट स्वीमिङका विभिन्न इभेण्टमा महिला र पुरुष तगरी १९ जनाले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ सागर नायक, किरण नायक, सिद्धान्त गुरुङ, अर्जुन नेपाली, अंकित क्षत्री, कुशल पाठक, विदित पौडेल, कुशल खनाल, निश्चल श्रेष्ठ, सुदत बुद्धचार्य, विनम्र वाग्ले र सलिप श्रेष्ठ रहेका छन् । महिला तर्फ रुवी तामाङ, जमुना गुरुङ, विरंगाना खत्री, सविना कार्की, अंकिता क्षत्री, आयुश्री पहारी र प्रियंका गुरुङ रहेका छन् ।

तेक्वान्दो

तेक्वान्दो तर्फ गण्डकी प्रदेशले विभिन्न तौल समूहमा २२ जना खेलाडीलाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गराउने छ ।

पुरुष तर्फ तार्जनकायत मगर, सविन रानामगर, गणेश सिलवाल, हेमन्त गुरुङ, ईश्वर नेपाली, लगन श्रेष्ठ, उत्तम मल्ल, दिपक फगामी पुन, युकेश थापामगर, तिलक सिउटानीमगर र राकेश मल्ल रहेका छन् । त्यसैगरी महिला तर्फ रश्मी श्रेष्ठ, राखी शर्मा, पवित्र बयलकोटी, प्रतिक्षा सुवेदी, शान्ती भण्डारी, ममता गर्बुजा, अस्मिता विक, मिरा गुरुङ, रेखमाया गुरुङ, संगीता भण्डारी र जेनिया राना रहेकी छिन् ।

भलिबल

शनिबार मात्रै फाईनल खेलाईएको भलिबल छनोट प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि २४ सदस्यीय टोली छनोट गरिएको छ । पुरुष तर्फ घनश्याम चौधरी, योकेन्द्र गुरुङ, अनिल दर्लामी मगर, विमल परियार, राजु विब, रुपेन्द्र नेपाली, हिमाल चालिसे, हरि पाण्डे, जगदिश सुवेदी, सुजन चोख्याल, रामनारायण महतो, राजन दर्लामी मगर रहेका छन् ।

महिला तर्फ भने मन्जु गुरुङ, अरुणा शाही, ममता डगौरा, पवित्राा श्रीपाली, रुपा थापा, लक्ष्मी कुमाल, पूर्णिमा ठाकुर, रविना घर्ती, कल्पना छन्त्याल, लुकु श्रीस मगर, अनिता पुन र अन्सु थापा रहेका छन् । बैकल्पिकमा सगुन गुरुङ, रिमा कुँवर, यमुना रसाईली र लक्ष्मी दुरा रहेका छन् ।

बुद्धिचाल

कास्की जिल्लामा आयोजित छनोट प्रतियोगिता अन्तर्गत बुद्धिचालबाट बैकल्पिक खेलाडीसहित ११ जना छनोट गरिएको छ । पुरुष तर्फ सविनचन्द्र घिमिरे, सुजन केसी, हुमराज गुरुङ, युवराज भण्डारी, सागर साई रहेका छन् । बैकल्पिकमा विश्व पराजुली र प्रेमप्रकाश श्रेष्ठ रहेका छन् । महिला तर्फ भने पुजा भण्डारी, यशोदा रेग्मी र एरिना गुरुङ र बैकल्पिकमा मन्जु सुनार रहेका छन् ।

टेनिस

आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत टेनिस खेलका लागि गण्डकी प्रदेशको टिम छनौंट भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा उक्त प्रतियोगिता शुरु भएको हो ।

छनौट प्रतियोगिताबाट पुरुषतर्फ अनिल साई, प्रदिप खड्का, नविन मगर, गोविन्द नेपाली र धरमबहादुर लामिछाने छानिएका छन् । त्यसैगरि कुमार अधिकारी, गोपीबहादुर भट्टराई र विष्णु नेपाली बैकल्पिक खेलाडीका रुपमा छनौट भएको कास्की जिल्ला टेनिस संघका महासचिव नविन चालिसेले जानकारी दिए ।

गण्डकीको महिलातर्फ रोमिका बुद्धाचार्य, श्रृया भट्टराई, सुप्रिया बसेल, बिमला बसेल र गंगा शर्मा छनौंट भएका छन् । टिम प्रशिक्षकमा निरज थापा रहेका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारी रहदाँ गण्डकी प्रदेशले विभिन्न खेलका लागि ५६१ जना खेलाडी छनोट गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनका अनुसार नेपालगन्ज प्रस्थान गर्नुअघि छनोट भएका खेलाडीलाई एकसाताको बन्द प्रशिक्षण गराईने छ । एकहप्ताको बन्द प्रशिक्षणपछि नेपालगन्ज प्रस्थान गरिने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...