कास्कीका नयाँ एसपी कार्कीको एक्शन, प्रहरी र डक्स कारोबारी आरोपी बिच मुठभेड (भिडियो सहित)

पोखरा २९ जेठ/ पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको बताएको छ ।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका गोबिन्द थापा घाइते भएका छन् भने एक जना भागेका छन् ।

घाइते थापाको देब्रे खुट्टामा गोली लागेर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनले थापा कतारमा लागुऔषध कारोबार आरोपमा ४ वर्ष जेल सजाय पाएको बताए ।
पोखराको उत्तमचोकमा रहेको एक क्याफे प्रहरीले उनीहरुलाई लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा पक्राउ गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । उनकै कमाण्डमा प्रहरी टोली गएको थियो । प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको उनले बताए ।

घाईते भएको प्रहरीको पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएको छ । प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको छ ।

तत्काल अमरसिंहबाट ड्रग्स सहित एक महिला

गोली चलाएर थापा पक्राउ गरे लगत्तै पोखराका अमरसिंह चौर क्षेत्रबाट एक महिला लागुऔषध सहित पक्राउ परेकी छन् ।

९ सय थान लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी जानकारी दिएको छ । एसपी दानबहादुर कार्कीले कास्की प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै लागूऔषध नियन्त्रणमा सक्रिय रुपमा पोखरा आगडी बढेका छन् ।

कमेन्टहरु
Loading...