एस.एल.सी (SLC 2072)को विषयगत ग्रेडिङ के हो?

 

SLC Grading Explained by Ganthan
SLC Grading Explained by Ganthan

एसएलसी  परीक्षाको  परिणाम  यस वर्षदेखि  ग्रेडिङमा  निकाल्ने  तयारी  गरेको  शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयमा कति अंक ल्याएको  छ  सोहीअनुसारै  परिणाम  दिने  भएकोछ।

शिक्षामन्त्री  गिरिराजमणि  पोखरेल  अध्यक्ष रहेको  राष्ट्रिय  पाठ्यक्रम  मूल्यांकन  परिषद्कोशनिबार  बसेको  बैठकले  नतिजा  विषयगत ग्रेडिङ  गरेर  निकाल्ने  निर्णय  गरेको  हो।

यसअघि विद्यार्थीले सबै विषयमा पाएकोअंक  जोडेर  समग्रमा  ग्रेडिङ  गरी  परिणाम  दिनेगरिएको  निर्णयलाई  बदर  गरी  नयाँ व्यवस्था गरिएको  हो। परिषद्का  सदस्य सचिव  एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम  पौडेलका  अनुसार  अब  सबै विषयको प्राप्तांकको कुल जोडमा होइन कि प्रत्येक विषयको  छुट्टाछुट्टै  ग्रेडिङ  गरी  परिणाम निकालिने छ।

[su_pullquote align=”right”]

Marks & Grade in SLC

90-100: A+
80-89: A
70-79: B+
60-69: B
50-59: C+
40-49: C
30-39: D+
20-29: D
0-19: E
[/su_pullquote]
९ वटा ग्रेडिङ कायम गरिएकोमा त्यसबाट परीक्षामा सामेल नहुने विद्यार्थीका लागिराखिएको  एन ग्रेडिङलाई  हटाएर डी  प्लस भन्ने  ग्रेडिङ थपिएको  पौडेलले  बताए।

अब विषयअनुसार ९० देखि १०० प्रतिशतभित्र अंकल्याउनेले ए प्लस, ८० देखि ८९ ल्याउनेले ए,७० देखि ७९ ल्याउनेले बी प्लस, ६० देखि ६९ल्याउनेले  बी  ग्रेडिङ  पाउनेछन्।

त्यस्तै,  ५० देखि ५९ प्रतिशत अंक ल्याउनेले सी प्लस, ४०देखि ४९ ल्याउनेले सी, ३० देखि ३९ ल्याउनेलेडी प्लस, २० देखि २९ ल्याउनेलाई डी र ० देखि २० अंक ल्याउनेलाई ई ग्रेडिङ गरिने पौडेलले  बताए।

उच्च शिक्षा परिषद् र प्राविधिक शिक्षा तथाव्यावसायिक तालिम परिषद्ले डी र ई ग्रेडिङपाएका विद्यार्थीको भर्ना नलिने नस्थिति बनाएपछि मन्त्रालयले समग्र ग्रेडिङ हटाएर विषयत बनाएको हो। अब विद्यार्थीले उच्चशिक्षामा पढ्न चाहेको सम्बन्धित विषयकोग्रेडिङ अनुसार भर्ना पाउनेछन्।

पठ्नुहोस एस.एल.सी (प्रवेशिका २०७२) सम्बन्धित अन्य सामग्रीहरु

SLC 2072 Grading Woes
SLC 2072 Grading Woes

कसरी गरिन्छ त एस.एल.सीको ग्रेडिङ ???? हेर्नुहोस् https://ganthan.com/nepal/slc-2072-grading/

कमेन्टहरु
Loading...