महाशिवरात्रीमा पोखराका शिव मन्दिरमा भजनकीर्तन

पोखरा, २० फागुन /महाशिवरात्री पर्वको अवसरमा पोखरा विभिन्न ठाउँमा रहेका शिव मन्दिरमा पुजा आरधना र भजन कृतन भएका छन् ।

महाशिवरात्रीमा पोखराका शिव मन्दिरमा भक्तजन बसाहा
महाशिवरात्रीमा पोखराका शिव मन्दिरमा भक्तजन बसाहा

पोखराको पञ्चासेमा रहेको शिवमन्दिर, पोखराको विन्ध्यबासीनि, केदारेश्वर, पोखरा २३ माझथुममा रहेको शिव मन्दिर, पोखरा मासबारमा रहेको महादेव मन्दिर र पोखराको तीनवटा वडाको संगम बासेको नुवारथोक वासेकोपधेरोस्थित कैलाशेश्वर मन्दिरमा बिहानैदेखि पूजापाठ र भजनकीर्तन गरिएको हो ।

महाशिवरात्रीमा पोखराका शिव मन्दिरमा भक्तजन बसाहा
महाशिवरात्रीमा पोखराका शिव मन्दिरमा भक्तजन बसाहा

पोखराका वडा नम्बर ५, ६ र ७ वडाको संगम भएकोले मन्दिरमा बिहानै देखि मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । शिवरात्री सोमबार परेकोले पनि यस वर्षको शिवरात्री विशेष महत्वको रहेको बताइएको छ ।

बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेववलाई गाईको दूध, बेलपत्र, सख्खरले स्नान गरार्ए फूल चढाउने परम्परा रहेको छ ।

स्थानीय जरेव उज्वल दिदी बहिनी समुहले आइतवार नै मन्दिर वरपर सरसफाइ गरेका थिए । मन्दिरमा आउने भक्तजनकालागि प्रसाद समेत समूहले बनाएको थियो ।

कमेन्टहरु
Loading...