सिद्ध बराहामा शुक्रबार देखी श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

पोखरा, २० चैत /पोखरा २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराहा मन्दिरमा धनधान्याचल श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ ।

१ सय ८ फिटको हनुमानको मुत्ति निमार्णका लागि सिद्धबराहा धनधान्याचल श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको आयोजना गर्न लागेको मुल आयोजक समितिकी अध्यक्ष सुर्यदेवी कुबँरले जानकारी दिइन् ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गरी महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । उनले चैत २२ गते देखी बैशाख १ गते सम्म महायज्ञ सञ्चालन हुने जानकारी दिइन् । उनले त्यस क्षेत्रमा बैदिक सनातन धर्म र संस्कृतिको संरक्षणक सम्बद्र्धन, गुरुकुल र गौशाला सञ्चालन, आन्तिरिक तथा बाह्य पर्यटक आकर्षण र धार्मिक जागरणका लागि महायज्ञ गर्न लागेको बताइन् ।

महायज्ञका बेला श्रीमद्देवी भागवत पाठ पारायण, बेद पारायण, रुदाभिषेक, चण्डीपाठ, सामूहिक ब्रतवन्ध लागएतको व्यवस्था गरेको उनको भनाई छ । महायज्ञमा नारायण प्रसाद देवकोटाले भागत बाचन गर्ने छन् । हनुमानको मुत्ति बनाउन करिब ३ करोड खर्च लाग्ने सिद्ध बराह तपोवन सन्यास आश्रम समितिका उपाध्यक्ष हरीप्रसाद भण्डारीले बताए ।

उनले नेपाली र विदेशी पर्यटकलाई मन्दिर सम्म जाने बनाउनका लागि मुत्ति स्थापना गर्न लागेको बताए । उनले महायज्ञ सम्पन्न गर्न करिब ९ लाख खर्च लाग्ने बचत भएको पैसाबाट मुत्ति बनाउन प्रयोग गर्ने बताए । उनले सिद्ध बराहामा रामनवमीका अवसरमा श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ प्रत्यक वर्ष लगाउदै जाने बताए ।

महायज्ञ मुलआयोजक समितिकी सचिब चित्रादेवी सुबेदी भट्टराईले चैत २२ गते बलस सहित पोखराबाट शोभायात्रा गरेर यज्ञ शुरु गर्ने बताइन् । त्यसै गरि सदस्य सिता पराजुलीले सबैलाई महायज्ञमा सहभागी बनेर ज्ञान आर्जन गर्न अनुरोध गरिनन् ।

कमेन्टहरु
Loading...