पोखरामा १० बर्षिया बालिकाको बलत्कार पछि हत्या, हत्यामा संलग्न पक्राउ

सागर राज तिमिल्सिना
पोखरा, १० असोज/मंगलबार बिहान मृत भेटिएकी पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी श्रेया

विकको बलत्कार पछि हत्या भएको पोष्टमार्टम रिपोटले देखाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा

मंगलबार भएको परिक्षणमा बलत्कार पछि हत्या भएको देखिएको हो ।

पोष्टमार्टमा श्रेयाको योनाङग सुनिएको र घाउको र शरिरमा चोट देखिएको जानकारी पोष्टमार्टमा संग्लन

चिकित्सकहरुले बताएको श्रेयाका मामा कृष्ण सुनारले जानकारी दिए ।

‘ढुंगाले टाउको छात्ति सबैतिर हानेको देखिन्छ । नजिकै रगताम्य भएको ढुंगा थियो, श्रेयाका मामा कृष्ण

सुनारले भने – ‘पोष्टमार्टम रिपोर्टमा पनि टाउको र शरिरका ठाउँ ठाउँमा चोट देखिएको बताए ।’ थप परिक्षण

भईरहको र त्यसको रिपोर्ट आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ ।

१० बर्षिया बालिका सोमबार साँझ मिठाई किन्न पसल गएकी थिईन् । घर नफर्किएपछि परिवारले खोजी गरे ।

तर भेटेनन् । श्रेयाको मंगलबार विहान घर नजिकै को खोल्सोमा शव भेटिएको थियो । उनका बाबु दुई वर्ष पहिले

नै अर्कि आमा लिएर अन्यत्रै छन् । श्रेयाकी आमा दिदि सहित मामा घर बस्दै आएका थिए । उनी लिला

आधारभुत स्कुलमा कक्षा तीनमा पढ्दै आएकी थिइन् ।

यसै बिच कास्की प्रहरीले १० वर्षिया श्रेया बिकलाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेको छ । घटनापछि

तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो । श्रेयालाई आफ्नै छिमेकीले

बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । पक्राउ

पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको बताएको

छ । हत्याराको नजिक पुगिसकेको बताउदै कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले दिऊसो २ बजे पत्रकार

सम्मेलन गरेर जानकारी दिने बताए ।

डिएसपी नविन कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्ने देखि अन्य प्रारम्भिक अनुसन्धानको काम

गरेको थियो । सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी

थिईन् तर उनी एकाएक हराएकी थिईन् । मंगलबार बिहानै उनलाई झाडीमा मृत अर्धनग्न भेटिएको थियो ।

कमेन्टहरु
Loading...