ओलीले हिट्लर जस्तो संसदबाटै सत्ता कब्जा गर्ने खोजेः देउवा

पोखरा, २१ साउन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले हिट्लरले जस्तै सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

उनले विभिन्न विधेयक ल्याएर ओलीले संसदबाटै सत्ता कब्जा गर्न संसदबाट अनेकथरि विधेक पास गर्न खोजे पनि नेपाली काग्रेसले त्यस्ता विधेक पास हुन नदिने बताए ।

मंगलबार पोखरामा आयोजित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान वितरण समारोह उनले हिटलरले जस्तै संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गर्न ओली लागेको बताए । उनले मानअधिकार आयोग सम्बन्धि विधेक, मिडिया विधेयक, गुठी सम्बन्धि विधेक काग्रेस कै विरोधका कारण सरकार पछि हटेको बताए ।

उनले नेपाली काग्रेस सरकारले गरेका गलत कामका विरुद्ध सधै आन्दोलनमा रहेको बताए । उनले शान्तिपूर्ण आन्दोलन गर्ने बताउदै आफुहरुले कुर्सी भाँच्ने, मेच तोड्ने, रेलिङ भच्ने काम नगर्ने बताए । उनले सदन र सडकबाट गलत कामको विरोध गरिरहने बताए ।

पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेको परिवारद्वारा स्थापित सम्मानबाट पत्रकार रवीन्द्रनाथ बाँस्तोला सम्मानित भएका छन् । उनलाई दोलल्ला, माला र नगद ५५ हजार ५ सय ५५ रुपैयाँले सम्मान गरेका थिए । उनले पुरस्कार पाएको रकममा थप गरेर २५ हजार रुपैया नगदको शिक्षा पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गरे ।

सम्मान कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पुरस्कृत व्यत्तित्व रवीन्द्र बास्तोला, अग्रज पत्रकार नारायण कार्की, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले स्वतन्त्र पत्रकारिताले गणतन्त्र बलियो हुने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम पालिखे परिवारबाट सुनयना पालिखेले स्वागत गरेकी थिइन् । पुरस्कृत व्यतित्व बास्तोला पोखराबाट प्रकाशित हिमदूत दैनिकका सम्पादक हुन् ।

कमेन्टहरु
Loading...