सिके राउत सगँको सम्झौता राष्ट्रघाती – देउवा

पोखरा, २८ फागुन/नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउत सगँको सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्ने राउतलाई मूलधार राजनीतिमा ल्याउनले नाममा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाए ।

सम्झौतामा भएका बुँदा राष्ट्रघाती रहेको उनको भनाई थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओली सगँ हस्ताक्षर गरे पछि राउतले जनमत संग्रह र देश टुक्राउने कुरा गरेका छन्,’ उनले भने ‘यसलाई नेपाली काग्रेसले स्वीकार्न सकिदैन ।’ उनले यस विषयमा न प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।

सरकारले फौजदारी संहिताका नाममा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए । सरकारले विभिन्न नाममा संघीयतालाई असफल बनाउन लागिरहेको बताए । विप्लव माओवादीको गतिविधिबारे देउवाले देशमा हत्या हिंसा अराजकता मौलाएकोले यसको नियन्त्रण गर्नु सरकारको कत्र्तव्य भएको बताए ।

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रविना आले र संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...