Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनमाथि गोली प्रहारगरी हत्या

0 55

काठमाडौ, २३ असोज /काठमाडौमा सोमबार दिनदहाडै गोली प्रहार भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहारगरी हत्या गरेको हो ।

उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । दुवै गोली उनको पेटमा लागेको थियो । उनको उपचारका क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए ।

Advertisements

Leave a Reply (कमेन्ट गर्नुहोस्)