पोखरामा बेहोस अवस्थामा अर्धनग्न भेटिएकी युवतीको मृत्यु

पोखरा, २६ जेठ/पोखराको रत्नचोक नजिकै बेहोस अवस्थामा अर्धनग्न अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ । पोखरा ७ रत्नचोकको जनप्रिय बहुमुखी क्याम्स नजिकै मंगलबार बिहान बेहोस अवस्थामा अर्धनग्न युवती भेटिएकी थिइन् ।

उपचारका लागि तत्कालै प्रहरीले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगेको थियो । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार हुन नसेके पछि मणिपाल अस्पताल लगिएकी युवतीको बुधबार मणिपाल अस्पतालमा नै मृत्यु भएको हो ।

मंगलबार बिहान बेहोस भइ युवती लडेको देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवतीको घर गोर्खा भएको प्रहरीले जानकारी दिएको छ । उनको बलत्कार पछि पिटेर छाडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...