एक सय बढिले भारतमा नेपाली किशोरीमाथि दुई वर्षदेखि यौनशोषण

काठमाडौ, ८ वैशाख/एक नेपाली किशोरीमाथि यौन शोषण गरेको आरोपमा भारतीय प्रहरीले १ सय १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पीडित किशोरी सोनम ९परिवर्तित नाम० १६ वर्षकी हुन् । र, उनलाई नेपालबाट भारतको पुनेमा पुर्‍याइएको थियो ।

आफूमाथि पछिल्ला दुई वर्षदेखि लगातार यौनशोषण भइरहेको उनले बताएकी छिन् । यसमा १०० भन्दा बढि व्यक्तिहरु संलग्न रहेको उनको भनाइ छ । पुनेको प्रहरीले यस मामिलामा अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र साही, हरीश साह रोहित भण्डारी रहेका छन् ।

बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार पीडित किशोरीको घर झापाको काँकडभिट्टामा पर्छ । उनका बाबुले चिया पसल चलाउँछन्, जहाँ रोहित भण्डारी नियमित रुपमा आउने गर्थे । विस्तारै उनी किशोरीका बाबुका साथी बने ।

रोहितले एक दिन किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा राम्रो तलब आउने गरी काममा लगाइदिने प्रस्ताव राखे । बुबाले राहितमाथि पूरा विश्वास गरेर छोरीलाई उनको साथ लगाएर पठाइदिए । बचन पुरा गर्दै रोहितले किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा काम पनि लगाइदिए । शुरुवातमा केही दिनहरु राम्रैसँग बिते र किशोरी पनि खुशी भइन् ।

तर, रोहितले स्वीकृतिसँग मिलेर किशोरीलाई जबरजस्ती देहव्यापारमा लगाए । किशोरीले नमान्दा उनलाई नशालु औषधि खुवाएर शारीरिक शोषण पनि गरे । यसरी दुई वर्षसम्म किशोरीमाथि लगातार यौनशोषण भयो । यस दौरान सयभन्दा बढिले उनको शरीरमा आफ्नो जवानी पोखेको बताइएको छ । प्रहरीबाट बच्न अभियुक्तहरुले किशोरीलाई फरक फरक ठाउँमा राख्ने गर्थे ।  अघिल्लो महिना तीनै मोडलसँग मिलेर किशोरी भागिन् र दिल्ली आइन् । उनीहरुले प्रहरीमा उजुरी गरे । र, पुनेको प्रहरी अन्य अभियुक्तहरुको खोजीमा छ ।

कमेन्टहरु
Loading...