लेखनाथमा सुविधा सम्पन्न सेभेन लेक्स रिर्सोट संचालनमा

पोखरा, २२ चैत /कास्कीको पोखरा महानगरपालिका वडा नंं २९ भण्डारढिकमा शुक्रबार देखी सुविधा सम्पन्न रिर्सोट संचालनमा आएको छ । स्थानीय विनोद गुरुङ्गले भण्डारढिकमा १६ करोडको लागतमा सेभेन लेक्स रिर्सोट संचालनमा ल्याएका हुन ।

रिर्सोटको शुभारंभ गर्दै, गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन उद्योगमा भएको स्वदेशी लगानीलाई संरक्षण गरिने बताएका छन् । मन्त्री लम्सालले पर्यटन क्षेत्रमा आउने समस्याले स्वदेशी लगानीकर्ता टाट पल्टने अवस्था आउन नहुनेमा जोड दिए ।

उनले राज्यका कुनै पनि निकाय र नीतिका कारण पर्यटन व्यवसायीलाई अफ्ठयारो नपर्ने उल्लेख गर्दै, ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे । उनले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यहाँका रिर्सोट तथा होटलले सेवा दिएरै नभ्याउने दावी गरे । पोखरा संभावनाको शहर हो, उनले भने—“त्यसमा पनि अन्तराष्ट्रिय विमानस्थल निर्माण हुँदैछ, त्यो देखेर पनि विदेशी ठुला लगानीकर्ताले झण्डै २ सय होटलमा लगानीका लागि ठाउँ र वातावरण खोजेका छन् ।” स्वदेशीले पुँजि जुटाउर लगानी गर्दा झन राम्रो ।

लगानी सम्मेलनमा आएका चिनियाहरुले पर्यटन उद्योगमा लगानीका लागि ठाउँ खोज्दै पोखरासम्म आइपुगेको समेत उल्लेख गरे । गण्डकी प्रदेशले २०१९ लाई आन्तरिक पर्यटन बर्षका रुपमा अभियान अगाडी बढाईरहँदा, पछिल्ला समयमा पोखरामा निर्माण भएका होटल तथा रिर्सोटले थप सहयोग पुर्याउने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दिपक कोइरालाले, रिर्सोटको संचालनबाट रोजगारीको अवसर सिर्जना भएको उल्लेख गर्दै, स्थानीय कृषकको उत्पादनले समेत स्थान पाउनु पर्नेमा जोड दिए । उनले रिर्सोटको संचालनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै जनाले रोजगारी पाउने उल्लेख गर्दै, राज्यले पर्यटन उद्योगलाई विशेष महत्वका साथ हेर्नु पर्नेमा जोड दिए ।
अर्का सांसद विन्दु कुमार थापाले पर्यटकीय संभाव्यता बोकेका गण्डकी प्रदेशका सवै क्षेत्रमा सुविधा सम्पन्न रिर्सोट तथा होटल खुल्नु पर्ने उल्लेख गर्दै, त्यसका लागि राज्यले वातावरण बनाउनु पर्नेमा जोड दिए । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले खेर गैरहेको जमिनलाई व्यवस्थापन गरेर आकर्षक रिर्सोट संचालनमा आएको भन्दै, त्यसलाई संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रिर्सोटका संचालक विनोद गुरुङ्गले सात सय २५ मिटर अग्लो डाँडामा प्राकृतिक स्वरुप नविगारी निर्माण गरिएका संरचनाबाट मनोरम हिम श्रृंखला, बेगनास तथा दिपाङ्ग ताल र पोखरा उपत्यकाको दृश्यावलोकन गरी पर्यटकले आनन्द प्राप्त गर्न सकिने बताए ।

उनले गुणस्तरिय खानाका स्वदेशी तथा विदेशी परिकार सहित पारिवारिक वातावरणमा रम्न सकिने जनाउँदै, रिर्सोटमा फेमिली डिलक्स, डिलक्स डवल, डिलक्स ट्विन, र सुपर डिलक्स गरी सुविधा सम्पन्न १९ वटा रुम रहेको सेभेन लेक्स रिर्सोटमा बातानुकुल सेमिनार हल, रेटुरेण्ट तथा बार एवं आरामदायी स्विमिङ पुल रहेको बताए ।

पोखराको लेखनाथमा १६ करोडमा सेभेन लेक्स रिसोर्ट संचालनमा
पोखराको लेखनाथमा १६ करोडमा सेभेन लेक्स रिसोर्ट संचालनमा

पोखरा काठमाण्डौ राजमार्गको भण्डारढिक देखी १.५ किलोमिटर, पोखराबाट १३ किलोमिटर र निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलबाट १० किलोमिटरको दुरिमा रिर्सोट अवस्थित छ । पोखरा एयरपोर्टबाट पर्यटकलाई ल्याउने लैजाने सुविधा सहित गुणस्तरिय बसाईमा विशेष ध्यान दिईएको बताइएको छ । रिर्सोटमा प्रत्यक्ष रुपमा अहिले ३० र अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगारीको अवसर पाएको गुरुङ्गले बताए ।

पोखराको लेखनाथमा १६ करोडमा सेभेन लेक्स रिसोर्ट संचालनमा

कमेन्टहरु
Loading...