पोखराको रामघाटमा सेती थुनिदा ताल

पोखरा, २६ भदौ /पोखरामा सोमबार देखी निरन्तर परेको पानीका कारण सेती थुनिदा ताल बनेको छ । पोखराका

मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव बढे र सेतीमा पुग्दा सेती थुनिएको हो । पोखराको रामघाटमा पानी

जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठुलो पानी पर्दा सेती प्रत्येक वर्ष थुनिने गरेको छ ।

ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन ।

रामघाटसँगै फेवातालमा पनि लेदो पसेको छ । जलाधारका खोलाबाट बगेको लेदोका कारण फेवातालको पानी

धमिलिएको छ ।

पोखराको रामघाटमा सेती थुनिदा ताल तस्बिरः सुर्दशन रञ्जित
पोखराको रामघाटमा सेती थुनिदा ताल तस्बिरः सुर्दशन रञ्जित
कमेन्टहरु
Loading...