दुई सातादेखि सेतीनदी किनारामा नाग हेर्नेहरुको भिड (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १७ माघ/कास्कीको लामाचौर गोष्तेघाट स्थीत सेतीनदी किनारा दुई साता देखि नाग देखिएको भन्दै हेर्नेहरुको भिड् लागेको छ । सेतीनदी किनारामा एकै ठाँउ वरीपरि १५ दिनसम्म देखि पछि नाग भएको भन्दै स्थानीयको घुइचो लागेको हो । त्यस क्षेत्र वरिपरि नै नाग रहेकोले नागलाई हेर्न तथा नागको पुजा गर्न मानिसहरुको भिड लागेको छ । ढुङ्गा मुनी आदि शरिर देख्न सकिन्छ । देखिएको नाग नै भएको भन्दै हेर्न जाने मानिसहरुको भिड् लाग्ने गरेको छ । नागको रुपमा स्थानीय पुजारीहरुले पुजा समेत गर्ने गरेका छन् । सेतीनदी किनारमा नाग केहि भाग देखिने दृष्य रहेकोले मानिसहरुमा कौतुहल्ता अझ बढेको स्थानीय बुद्धि खत्रिले जानकारी दिए ।

सेती नदी किनारामा नाग देखिए पछि
सेती नदी किनारामा नाग देखिए पछि

नदि किनारमा ट्रकमा ढुङ्गा, बालुवा राख्ने क्रममा ट्रक चालकले देखे पछि एक कान दुई कान मैदान भए पछि दैनिक मानिसको भिड् लाग्ने गरेको छ । नदि किनारमाको ढुङ्गाको कापमा रहेको नाग केहि भाग देखिएको छ । कहिले काही बाहिर पनि निस्कने गरेको छ । नाग नै भएको भन्दै मानिसहरु नाग चढेको भन्दै काम्ने समेत गरेका छन् । उनिहरुले त्यस स्थानमा नागको मन्दिर बनाएर राख्नु पर्ने बताउ छन् ।

सेती नदी किनारामा नाग देखिए पछि
सेती नदी किनारामा नाग देखिए पछि

सेती नदी किनारामा नाग देखिए पछि
सेती नदी किनारामा नाग देखिए पछि

setinadi nage setinadi nage (1) setinadi nage (2) setinadi nage (3)

कमेन्टहरु
Loading...