Ganthan News Pokhara
All news from Pokhara & around

सेतीमा फेरी बाढी हल्ला मात्रै

सेतीमा नदीमा आएको बाढीका केही झकल
0

फाईल तस्बिर

पोखरा, २७ चैत/सेतीमा बाढी गएको भन्ने हल्ला मात्रै भएको बताएका छन् । बुधबार दिउसोबाट सेतीमा बाढी आएको हल्ला गरे पनि त्यो हल्ला मात्रै भएको कास्कीको माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

उनले आफुलाई पनि बाढी गएको भन्दै धेरैले सोधेको बताए । ‘सेतीमा बाढी आएको छ भन्ने हल्ला आयो,’ उनले भने ‘ हल्ला आए पछि करुवाका बासीन्दालाई फोन गरेर सोध सेती नदीमा पनि हेरे बाढी आएको छैन ।’ ‘सेतीको पानीमा कुनै परिर्वतन पनि छैन,’ उनले भने ‘उपल्लो तातो पानी सम्म मानिसहरु गएर हेरेरै आए, बाढीको कुनै सम्भावना छैन ।’

उनले नदीमा बाढी आएका जानकारी दिने गरी सुचना प्रणाली समेत भएको बताए । उनले तातो पानी भन्दा माथीको अवस्था कस्तो भने बारेमा हेलिकप्टरबाट हेर्नु पर्ने बताए ।

सेतीमा २०६९ साल बैशाख २३ गते धेरै धनजनको क्षती हुने गरी बाढी गएको थियो । अन्नपुर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दा सेतीमा बाढी आएको अध्ययनले देखाएको थियो।

बेमौसमी सेती बाढीका कारण पर्यटकीय खारापानी क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको थियो । शनिबारको दिन परेकोले तत्कालिन समयमा आएको बाढीले ६० भन्दा बढी मानिसलाई बेपत्ता बनाएको थियो । २८ जनाको मात्र शव प्राप्त भएको थियो भने दर्जनौँ परिवारको घरबास उठेको थियो ।

सेतीमा २०६९ साल बैशाख २३ गते आएको बाढी

सेतीमा बाढी चट्टान खसेर- नासा

सेतीमा २०६९ साल बैशाख २३ गते आएको बाढी

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।