गण्डकी प्रदेशबाट ४८ हजार विद्यार्थी एसइईमा सहभागी हुदै

फाइल तस्बिर

सागर राज तिमिल्सिना
पोखरा, ९ चैत/गण्डकी प्रदेशमा आइतबार देखी शुरु हुने एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागीता जनाउने भएका छन् ।

नियमित तर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागीता जनाउन लागेको गण्डकी प्रदेश सामाजिक शैक्षिक योजना तथा महाशाखाका उपसचिब दामोदर सुबेदीले जानकारी दिए ।

उनले गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरु परीक्षामा सहभागीता जनाउन लागेको बताए । उनका अनुसार सबै भन्दा धेरै कास्कीबाट ३२ परीक्षा केन्द्रमा १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउने छन् ।

त्यसै गरि सबै भन्दा कम मनाङ ५३ जना विद्यार्थी परिक्षामा सहभागी हुदै छन् । स्याङजामा ३३ केन्द्रबाट ५ हजार ९ सय ३९ जना, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट २४ केन्द्रबाट ६ हजार ६ सय ४४ विद्यार्थी, मुस्ताङबाट एक केन्द्रबाट १ सय ५६ जना विद्यार्थीले सहभागीता जनाउन लागेको सुबेदीले जानकारी दिए ।

त्यसै गरि म्याग्दीबाट ९ केन्द्रबाट २ हजार २ सय ७३ जना, बाग्लुङबाट ३१ केन्द्रबाट ५ हजार ५ सय ४८ तनहुँबाट २४ केन्द्रबाट ६ हजार ३ सय ५७ विद्यार्थी, लम्जुङ १८ केन्द्रबाट २ हजार ९ सय ९०, गोरखाबाट २५ केन्द्रबाट ४ हजार ४ सय २१, पर्वतबाट १९ केन्द्रबाट २ हजार ८ सय १४ विद्यार्थी सहभागी हुने उनले बताए । उनले सबै तयारी पुरा भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...