स्कुटरको लाइसेन्स लिन आइतबार देखि टोक्न बाड्ने

पोखरा, १७ भदौ /यातायात व्यवस्थापन कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीले स्कुटरको लाइसेन्स लिन चाहनेका लागि टोकन खुल्ला गरेको छ । भदौ १८, १९ र २० गते स्कुटरका लागि टोकन बाँडिने कार्यालयले जानकारी दिएको हो ।

कार्यालयले भदौ ११, १२ र १४ गते सम्म मोटरसाइकको लाइसेन्सका लागि टोकन बाडेको थियो । लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो युवाहरु दिन रात लाइनमा बसेका थिए । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै १३ हजार बढिले टोकन लिएका छन् ।

स्कुटर लाइसेन्स लिनका लागि पनि ठुलो भिड् लाग्ने कार्यालयको अनुमान छ । शनिबार रातीबाटै लाइन बस्न पुगेकाहरुलाई झम्झम परेको पानी विथोलेको छ । लाइनमा बसेर टोकन लिएकाहरुले क्रमश पालोमा र्फम भरेर लिखित र प्रयोगात्मक परिक्षा दिए पछि लाइसेन्स पाने नपाउने पक्का हुने छ ।

कमेन्टहरु
Loading...