क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणमा सरकार गम्भीर– मन्त्री पुन

पोखरा, ८ साउन/ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विमा नयाँ पक्की भवन निर्माण हुने भएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा १ करोड ४० लाख रुपैंयाको लागतमा निर्माण हुने आठ कोठे भवनको आईतवार एक कार्यक्रमका विच गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गर्नुभयो ।

शिलान्यास पछि आयोजित कार्यक्रममा मन्त्री पुनले सुरक्षित भवन र वातावरणमा वसेर अध्ययन गर्न पाउनुपर्ने वालवालिकाको नैसर्गिक अधिकार रहेको वताउनुभयो ।उहाँले २०७२ सालको विनासकारी भुकम्पले देशका धेरै विद्यालयलाई क्षति पु्याएको स्मरण गर्दै त्यस्ता भवनको पुर्ननिर्माणमा सरकार गम्भीर रुपमा लागेको र प्रगति पनि उल्लेख्य रुपमा भैरहेको वताउनुभयो ।“शिक्षा क्षेत्रको आमुल परिवर्तन मात्र होईन, क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणमा पनि सरकार गम्भीर रुपले लागेको छ ” मन्त्री पुनले भन्नुभयो ।

उहाँले भवनलाई समयमा नै सम्पन्न गर्न र अभावका विचमा पनि अध्ययन अध्यापनलाई निरन्तरता दिन सुझाव दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको तर शिक्षक दरवन्दी न्युन हुदाँ कठिनाई परेको उल्लेख गर्दै दरवन्दि थप गरिदिन आग्रह गर्नुभयो । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जोखिमयुक्त भवन भत्काएपछि भवनको थप समस्या परेपनि अव छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री पुनले सिमित श्रोत र साधनका वावजुद पनि विद्यालयले गरेको शैक्षिक उन्नतिप्रति खुशी व्यक्त गर्दै प्रदेश सरकारका तर्फवाट आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ । उक्त अवसरमा विद्यालयका सुचना अधिकारी राम वहादुर वाँनियाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।

साउदी अरेविया सरकारको आर्थिक सहयोग र प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको समन्वयमा निर्माण हुने पक्की भवन चैत मसान्तसम्ममा सम्पन्न गरिने सुचना अधिकारी वाँनियाले वताउनुभयो ।२०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पले विद्यालयको भवनलाई क्षति पु्याएको थियो ।

कमेन्टहरु
Loading...