सोमबार पोखराका सार्वजनिक विद्यालय बन्द हुने

पोखरा, १० भदौ / सोमबार पोखराका सार्वजनिक विद्यालयहरु बन्द हुने भएका छन् । गाईजात्राको अवसरमा

नेवाः खल कास्कीले विद्यालय बन्द गरिदिन आग्रह गरेपछि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको

सिफारिसमा पोखरा महानगरका विद्यालय बन्द हुन थालेका हुन् ।

अरु विदा कटाएर गाईजात्रामा विदा दिनका लागि महानगरको शिक्षा विभाग प्रमुख हेमराज आचार्यले सबै

विद्यालयमा पत्र पठाएका छन् । तर विदा अनिवार्य भने छैन । कुनै विद्यालयले विदा नदिन पनि पाउने

महानगरले जनाएको छ । गाईजात्रामा विद्यार्थीहरु पनि सहभागी हुने भएकोले विद्यालय बन्द गर्न नेवाः

खलको आग्रह थियो ।

कमेन्टहरु
Loading...