बलिउडका चर्चित कलाकार सिन्दे पोखरामा

पोखरा, २४ असार /केहि दिन देखि बलिउडका चर्चित कलाकार सायाजी सिन्दे पोखरामा छन् । नेपालका धार्मिक र पर्यटकिय स्थल घुुमघाम गर्न नेपाल र पोखरा आएको कलाकार सिन्देले बताएका छन् । सिन्दे नेपाली चलचित्र क्षेत्रका सुपरस्टार निखिल उप्रेतिसंगको समन्वयमा नेपाल आएका हुन् ।

१९७८ मा मराठी फिल्मको सानो दृस्यबाट अभिनय यात्रा थालेका सिन्देलाई कलाकारका रुपमा चिनिन् १९९५ को मराठी फिल्म ‘आइ’ सम्म कुर्नुप¥यो । रामगोपाल बर्माको ‘शुल’ बाट बलिउड यात्रा थालेका सिन्दले ‘सरकार राज, मार्केट, कर्ज, लालसलाम, कुरुक्षेत्र, मुझसे सादी करोगी जस्ता चलचित्रहरुमा काम गरेका छन् ।

बलिउडका चर्चित कलाकार सायाजी सिन्दे पोखरा आएको बेला पोखराका पत्रकार मन क्षेत्री तस्विर खिचाउदै । तस्विरः फेसबुकबाट
बलिउडका चर्चित कलाकार सायाजी सिन्दे पोखरा आएको बेला पोखराका पत्रकार मन क्षेत्री तस्विर खिचाउदै । तस्विरः फेसबुकबाट

विशेषगरि साउथ इन्डियन फिल्महरुमा डरलाग्दो भिलेनको भुमिकामा देखिने सिन्देले तेलेगु, मराठी, तमिल, कन्नाडा र हिन्दी सिनेमाहरुमा काम गरेका छन् ।

सिन्दे निकट भविश्यमै कलाकार निखिल उप्रेतिसंग नेपाली चलचित्रमा समेत देखिने सम्भावना रहेको बताउँछन् । सपरिवार आएका सिन्देले आइतवार काठमाडौ फर्कने र उतैबाट मुम्बइ लाग्ने बताएका छन् ।

कमेन्टहरु
Loading...