साउदीमा सिकेको सीप, स्वदेशमा लगानी, १ करोड बढिको लगानी

पोखरा, ५ मंसिर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १ हजार ५ सयको हाराहारीमा युवाहरु रोजगारीका लागि बाहिरिन्छन् । यसरी बाहिने नेपालीले खाडी मुलुकमा अनेक दुख र कष्ट झेल्नु पर्छ । त्यतिमात्र होइन कामकै सिलसिलामा त्यतै ज्यान गुमाएका नेपालीको शव त्यही त्रिभुवन विमानस्थलबाट बाकसमा फर्कदाको पीडा धेरै नेपाली परिवारले बेहोरेका छन् ।

सीप नसिकी र पर्याप्त जानकारी नलिई विदेशिएका धेरै युवा उतै अलपत्र पर्ने गरेका पनि छन् । नेपाल रहेका परिवारले थप ऋणको भारी बोक्न वाध्य मात्रै होइन धेरै यस्ता विदेशिएका परिवारको बिचल्लीनै हुन पुगेका समाचार सञ्चार माध्यममा आइरहन्छन् । विदेश जाँदा केही सिकेर जाने र त्यहाँ पुगेर कामको सिलसिलामा केही सिकेर देश फर्केपछि उद्यमी बन्नेहरुपनि यहाँ नभएका होइनन् ।

सीप सिकेर जाने र थप सीप भित्राउने युवाले यहाँ अन्यलाई राजेगारी पनि दिन पाएका छन् । यसरी सफल उदाहरण दिने मध्येमा पर्छन्,पोखरा ५ का केशव शर्मा सापकोटा, काठमाडौं ताहाचल १३का निराजन कार्की, उदयपुर बसाहा ८ का रामकुमार मगर र चितवन भरतपुरका राजु ज्ञवाली ।

साउदीमा सिकेको सीप, स्वदेशमा लगानी, १ करोड बढिको लगानी
साउदीमा सिकेको सीप, स्वदेशमा लगानी, १ करोड बढिको लगानी

झन्डै १० वर्ष खाडी मुलुक साउदी अरबमा बिताएका उनीहरुले त्यहीं सल्लाह गरेर नेपालमा ५० लाख लगानी गर्दै ‘लुकगुड निटवयर’फ्याक्ट्रीसञ्चालन गरेका छन् । चन्द्रागिरी नगरपालिका ६ थानकोटमा खोलिएको उक्त फ्याक्ट्री मार्फतसाधारण टिसर्ट, ज्याकेट, ज्याकेट, विनसिटर लगायतका उत्पादन हुन्छ । मासिक १५ हजार देखि २० हजार थान उत्पादन हुनेगरेको लगानी मध्येका एक प्रोटक्सन म्यानेजर रामकुमार मगरले जानकारी दिए । उक्त उद्योगमा चीन, भारत, बंगलादेश, कोरीया र नेपाली समानको प्रयोग हुन्छ ।

अहिले उक्त उद्योग वाट प्रत्यक्ष १० जनालाई रोजगारी मिलेको छ । अब देशका विभिन्न भागमा ६ वटा आउटलेट मार्फत उत्पादित सामग्री बिक्री गर्ने तयारी भइरहेको उनले जानकारी दिए । त्यसैको प्रयास स्वरुप पोखराको लेकसाइडमा बिक्री कक्ष स्थापना भएको छ । केशव शर्मा सापकोटाले उक्त बिक्री कक्ष सञ्चालनमा ल्याएका हुन् ।त्यसका लागि थप २० लाख लगानी भएको उनले जानकारी दिए । त्यस्तै सोरुम काठमाडौंमा २ वटा, चितवन, हेटौंडा, र इटहरीमा एक एक वटा यसै वर्ष सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । थप सबै सोरुम समेत गरेर डेढ करोड लगानी पुग्ने र थप ४० जना सहित जम्मा ५० जनालाई रोजगारी प्रदान गर्ने योजना रहेको उनको भनाइ छ ।

साउदी अरबमा ल्यान्डमार्क ग्रुपले सञ्चालन गरेको म्याक्स फेसन गार्मेन्टमा उनीहरु कार्यरत रहेकै बेला नेपालमा गार्मेन्ट उद्योग खोल्ने उनीहरुको योजना बनेको हो । लगानी मध्येका एक निराजन कार्कीका अनुसार त्यहाँ उनीहरु म्यानेजर र सहायक म्यानेजर पदमा कार्यरत थिए । १ देखि डेढलाख सम्म प्रत्येकले पारिश्रमिक बुझ्थे । ‘हामी प्रत्येकले १ देखि डेढलाख सम्म पारिश्रमिक पाउँथ्यौं,’कार्कीले भने, ‘यस्तै नेपालमै गएर किन नगर्ने र अरुलाई पनि रोजगारी किन नदिने भन्ने सल्लाह ग¥यौं र यहाँ आएर उद्योग खोलेका हौं ।’

खाडी मुलुकमा सस्तोमा काम गर्न नजान र यहीं त्यहिँ गर्ने मेहनत गर्न उनीहरुको युवालाई सुझाव छ ।राम्रै कामका लागि गएपनि त्यहाँ सीप सिक्नुपर्ने र नेपालमै आएर योगदान दिन उनीहरु अरुलाई सल्लाह दिन्छन् ।

कमेन्टहरु
Loading...