सेती नदी डिल भसिदा थुनिने त्रास

 

पोखरा, १९ असार/शनिबारको वर्षाका कारण पोखराको सेती नदी किनाराको अति जोखिमयुक्त क्षेत्र सेतीको डिल चिरा पर्दै भासिएको छ । पोखराको घारिपाटन स्थित सेती डिलको ठूलो जमिन भासिदा वरपरका मानिस त्रसित बनेका छन् ।भासिने क्रम बढे सेती नदी नै थुनिने हो कि भने डर समेत छाएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ७ र १५ को सेती नदी किनारमा चिरा भासिएका हो । ‘वर्षा भएको बेलामा राती भासिदा ठुलो आवाज आएको थियो,’ स्थानीय टंक अधिकारीले भने ‘पहिरो गएको थर्काएका रहेछ, भूकम्पको धक्का गएको जस्तो महशुस भयो ।’

पहिरो गए पछि आइतबार र सोमबार सर्वसाधरणको हेर्न भिड् लागेको छ । सेती नदी तलबाट बगेको छ भने ढिस्को माथीनै अड्कीएको छ ।

कमेन्टहरु
Loading...