सरकारले एउटा पनि राम्रो काम गर्ने सकेन—देउवा

पोखरा, २८ चैत /नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

पोखरामा शरु भएको नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेश्रो भेलालाई सम्बोधन गर्दै देउवाले उनले सरकारले एउटा पनि राम्रो काम गर्न नसको बताए । उनले देशमा हत्या, हिंसा बलात्कार र अस्वभाविक रुपमा जनतालाई करको भारी थुपरेका कारण सरकार असफल भएको बताए ।

उनले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने ब्यवस्था कतै नभएको भन्दै प्रधानमन्त्रीले सेना चलाउने बिषय काँग्रेसलाई मान्य नभएको बताए । नेपालमा मात्रै हैन विदेशमा पनि प्रधानमन्त्रीले सेना चलाउने व्यवस्था नभएको भन्दै सरकार चलाउन लागेको आपती प्रकट गरे ।

सभापति देउवाले सरकारले चौतर्फी रुपमा सत्ता कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाए । प्रेस, संवैधानिक निकाय लगायत सबै पक्षलाई नियन्त्रण गर्न खोजेको भन्दै त्यसलाई काँग्रेसले स्विकार नगर्ने बताए । उनले नेपाली काग्रेसलाई मिलाएर एक बनाएर अगाडी बढ्ने बताए । उहाँले बैशाख देखि नेपाली काग्रेसले देशब्यापी जागरण अभियान चलाउने बताए ।

त्यसै काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गतिविधि अलोकतान्त्रिक ढंगले अघि बढेको भन्दै नेपाली काग्रेस एकजुट भएर विरोधमा उत्रनु पर्ने बताए । उनले सरकाले सम्बैधानीक निकायमा नियुक्ती गर्दा निस्पक्ष मान्छे नियुक्ती गर्नु पर्ने बताए । सम्बैधानी नियुक्तीमा विवादीत मान्छे नियुक्ती भएको बताए ।

कार्यक्रममा नेपाली काग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई मिलाएर लैजान आफु तत्पर रहेको बताए । दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा नेपाली काग्रेसका अन्य नेताहरुले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...