सागमा पदक विजेता पोखरेली खेलाडीलाई नगद सहित सम्मान

पोखरा, ५ चैत/भारतमा सम्पन्न भएको १२ औ दक्षिण एशियाली खेलकुद ९साग० मा पोखराबाट सहभागी खेलाडिलाइ शुक्रबार नगद सहित सम्मान गरीएकोे छ । खेलाडीहरुको हौसला स्वरुप नयाँ खेलाडीहरुलाई प्रेरणा जगाउने उद्धेश्यले सागमा सहभागि भएका कास्की सहित पोखराका खेलाडीहरुलाई सम्मान आज एक समारोहका विच पोखरामा सम्मान गरीएको हो ।

सागमा पदक विजेता पोखरेली खेलाडीलाई नगद सहित सम्मान
सागमा पदक विजेता पोखरेली खेलाडीलाई नगद सहित सम्मान

कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा, पोखरा उप–महागनरपालिका कार्यालयको तत्वावधान, क्षेत्रिय खेलकुद विकास समितिको संयोजनमा सागमा पोखराबाट सहभागी २ वटा खेलका ४ जना खेलाडि र एक जना प्रशिक्षकलाई जनहि नगद १०÷१० हजार, सम्मान पत्रको साथमा सम्मान गरिने भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

१२ औ सागमा नेपालले फुटवल खेलमा स्वर्ण पदक जित्दा पोखराका हेमन गुरुङ र मनबहादुर तामाङ सहभागी भएका थिए । उनीहरु राष्ट्रिय वन्द प्रशिक्षणमा रहेको हुनाले कार्यक्रममा सहभागि भएनन । कुनै अवसरा सम्मान गरीने भएको बरालले जनाए ।

त्यस्तै उसुमा पोखरेली खेलाडि झरना गुरुङले हातमा चोट हुदा हुदै पनि रजत पदक जित्न सफल भईन । नेपालले महिला भलिवलमा कास्य पदक जितेको थियो, नेपाली टिममा पोखराकी मन्जु गुरुङ, अरुणा शाही र मनिषा चौधरीले सहभागी भएका थिए । १२ औ सागमा सहभागी भलिबलका साहायक प्रशिक्षक कौशिला खत्रीलाई पनि सम्मान गरीएको छ ।

कमेन्टहरु
Loading...