सृजना चौतारीमा वाँस्तोला

पोखरा, ३ चैत /लायन्स क्लव अफ पोखरा सृजना चौतारीको अध्यक्षमा अग्रज लायन कलाधर वास्तोला निर्वाचित भएका छन् । लायन वर्ष २०१७÷१८ को लागि भएको साधारण सभाले वास्तोला सहित २३ सदस्यीय कार्य समिती पनि चयन गरेको छ । क्लवको उपाध्यक्षहरुमा क्रमशः लायन जित वहादुर थापा गोपाल, जिवन गोर्खाली र राजु वराल निर्वाचित भएका छन् ।

यस्तै क्लवको सचिवमा लायन विष्णु गौतम, सहचिवमा लायन अरुण थापा चयन भएका छन् । टेलस्विस्टर कौशिला गुरुङ्ग, पीआरओ डिवी गुरुङ्ग, मेम्वरसिप चेयस पर्सन ईन्द्र पौडेल र डाईरेक्टरहरुमा दान वहादुर गुरुङ्ग, शोभाखर पौडेल, लक्ष्मी गुरुङ्ग, पीताम्वर पौडेल, राजकुमार भण्डारी, वुद्धि वहादुरपूर्जा, हरिराज सिग्देल, गुणखर सापकोटा, दिपक तिमिल्सेना, उमापती ढकाल, श्याममाया गुरुङ्ग, शुष्मा गुरुङ्ग, जनक कार्की र जनक पराजुली निर्विरोध भएका हुन् ।

संस्थापक अध्यक्ष वालकृष्ण वरालको संयोजकत्वमा गठन गरिएको तनि सदस्यीय निर्वाचन कमिटीले सवै कार्यसमिती निर्विरोध चयन गरेको हो । निर्वाचान कमिटीमा वालकृष्ण वराल सहित, पुर्व अध्यक्ष लायन विष्णु प्रसाद तिमिल्सेना र निवर्तमान अध्यक्ष लायन विना गुरुङ्ग रहेका थिए । पोखरामा भएको साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी रिजन चियर पर्सन वालकृष्ण वरालले लायनहरु व्यवसायीक प्रर्वद्धन भन्दा पनि सेवा मूखि भएर अगाडी वढ्न अनुरोध गरे ।

उनले कम आर्थिक अवस्थाका व्यक्तिलाई सहयोग गरेर समान हैसियन जनाउन लायनहरु लाग्न पनि अनुरोध गरे । यस्तै क्लवका निवर्तमान अध्यक्ष लायन विना गुरुङ्गले लायनहरु एक आपसमा मिलेर अगाडी वढेमा सवैको हित हुने जानकारी दिईन् । उनले भनिन्–“लायनहरु सवै मिलेर कमजोरहरुलाई सहयोग गरेमा सवैको हित हुन्छ र संस्थाको पनि विकास हुन्छ ।”

निर्वाचित अध्यक्ष लायन कलाधर वास्तोलाले आगामी कार्यकाला लायन्सको एक सयौं वर्ष भएकाले पनि सेवामूलक कार्य गरेर क्लवलाई यो क्षेत्रको एक नम्मर क्लव वनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । उनले सदस्यता विस्तारका साथै सवैलाई एक वनाएर अगाडी वढाउने समेत प्रतिवद्धता जनाए ।

कमेन्टहरु
Loading...