पोखराको सृजनाचोकमा डरलाग्दो दुर्घटना, ट्रकमुनि मोटरसाईकल सहित मान्छे

पोखरा, २ फागुन /पोखराको सृजनाचेकमा डरलाग्दो दुर्घटना भएको छ । चोकमा ट्रक मोडिने क्रममा मोटरसाईकल र मान्छे सहित ट्रकमुनि पसेका हुन् ।

ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन् । दुर्घटनामा ६५ बर्षिय मुक्ति भण्डारी घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलको ट्यांकी समेत फुटेको छ । ट्रकभित्र पसेपछि मोटरसाइकल १० मिटर जति घिसारिएको थियो । घाईतेको छातीमा चोट लागेको छ ।

कमेन्टहरु
Loading...