Ganthan News Pokhara
All news from Pokhara & around

सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु

सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु
0

पोखरा, १५ पुस /बिन्ध्यवासिनी – सराङकोट सडकखण्ड चक्ल्याउन सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए ।

वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो चक्ल्याउन सुरु गरेको उनले बताए । ‘आन्तरिक स्रोत नै परिचालन गरेर काम सुरु गरेका हौं,’ उनले भने, ‘अपुग भएको खण्डमा महानगरपालिकासँग माग गछौं ।’

घुम्तिहरु धेरैं परेकाले पनि काम छिटो हुन नसकेको उनले बनाए । ‘मोडहरु धेरैं छन् । त्यसैले पनि काम ढिलो भई रहेको छ,’ उनले भने, ‘अबको १ हप्ता भित्रमा सबै काम सक्छौं ।’ बाटोलाई २ मिटर फराकिलो हुने उनले सुनाए ।

केन्द्र र प्रदेशबाट १/१ करोड

बिन्ध्यवासिनी – सराङ्कोट सडकखण्डका लागि केन्द्रबाट १ करोड २० लाख र प्रदेश सरकारबाट बजेट छुट्याइएको उनले जानकारी दिए । केन्द्रबाट छुट्याइएको बजेटले नाला, ढल निकास साथै बाटोको स्तरोन्नति गरिने र प्रदेशबाट घरेलु बाटो निर्माणका लागि बजेट छुट्याएको उनले सुनाए ।

‘यसले सराङ्कोट जाने बाटो सहज त हुन्छ नै,’ उनले भने, ‘सराङ्कोट जाने पर्यटकको संख्या पनि बढ्ने छ ।’ निर्माण कम्पनीका लागि टेन्डर खुला नभएको र खुला हुने बित्तिकै काम सुरु हुने उनले जानकारी दिए ।

सराङकोटको बाटो फराकीलो बनाउन संरचना हटाउन १० दिनको अल्टिमेटम

सराङकोट गुरुयोजना निर्माण शुभारम्भ

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु