सराङकोटको बाटो फराकीलो बनाउन संरचना हटाउन १० दिनको अल्टिमेटम

पोखरा, ४ मंसिर / पोखरा महानगरपालिकाले विन्ध्यावासिनी देखि सराङकोट सम्मको सडक फराकीलो पार्न सुचना प्रकाशन गरेको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो ।

अहिले महानगरपालिकाले मापदण्ड मिचिएका संरचना हटाउन १० दिने अल्टिमेटम दिएको छ । कात्तिक २७ गते वडा समिति र टोल विकास समितिको संयुक्त बैठकले संरचना हटाउने निर्णय गरेको थियो ।

अहिले वडा समितिले नै १० मिटर भित्रका घर टहरा तथा कम्पाउण्ड वाल भत्काउन सूचना जारी गरेको हो । बीच भागबाट कतै दायाँ कतै बाँया गरेर ४ देखि ५ मिटर सडक फराकीलो पारिने वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

त्यस क्षेत्रमा मापदण्ड विपरितका संरचनालाई रेजा लगाउने काम भैरहेको उनले बताए ।

कमेन्टहरु
Loading...