पोखराको सराङकोटमा ४० करोडको लगानीमा लक्जरी रिसोर्ट

पोखरा, ४ फागुन /पोखरा महानगरपालिका १८ सराङकोटमा लक्जरी हाइ इण्ड रिसोर्ट सञ्चालनको तयारीमा रहेको छ । करिब ४० करोड रुपैयाँको लगानीमा सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउन लागेको हो ।

पोखराका दुई युवा व्यवसायी विप्लव पौडेल र नारायण पहारीले रिसोर्ट बैशाखबाट सञ्चालनमा ल्याउने तयारीमा थालेको हो । विप्लव पौडेल लामोसमय देखी होटल व्यवसायमा संलग्न रहेका छन् । पौडेल होटल बाराहीका सञ्चालक हुन् भने पहारीले नेप्लिज इन्काउन्टर संचानल गर्दै आएका छन् ।

रिसोर्टको कोठामै बसेर झ्यालबाट सूर्योदय, हिमश्रृङ्खला, फेवाताल, पोखरा उपत्यका र डाँडाकाडाँको रमणीय दृश्य हेर्न पाइन्छ । रिसोर्टभित्र छिरे पछि नेपाली मौलिक तथा संस्कृति झल्कने गरि बनाएको संचालक विप्लव पौडेलले जानकारी दिए ।

उनले नेपाली मौलिकतामा अत्याधुनिक र पूर्ण सुविधायुक्त अन्तराष्ट्रियस्तरको सुबिधा पर्यटकले पाउने उनले बताए । १० रोपनी क्षेत्रफलमा बनेको रिसोर्टबाट केही पर ३० रोपनीको क्षेत्रफलमा रिसोर्टमा दैनिक भान्सामा प्रयोगका लागि अर्गानिक खाना तथा तरकारी उत्पादन गरिने उनले बताए । रिसोर्ट र अर्गानिक फार्मका लागि प्रयोग गरिएको कुल ४० रोपनी रहेको बताए ।

हाल ४० रोपनी जग्गामा दैनिक भान्सामा खपत हुने खाद्यान्न तथा तरकारीको उत्पादन सुरु भैसकेको उनले बताए । आगामी छ महिनाभित्र अर्गानिक उत्पादनका साथै गाई, भैंसी, कुखुरा, खसी, बाख्रा, कुखुरा लगायतका जनावर पालेर दही, दुध, मही, घ्यू, मासु, अण्डा लगायतका उत्पादन तयार गरिने पौडैलले बताए ।

कबिर तीन वर्ष अगाडी निर्माण थालिएको तीन तले रिसोर्टमा ३० वटा कोठा छन् । यसमा दुईवटा सुइट रुम रहेका छन् भने बाँकी २८ वटा डिलक्स रुम रहेको उनले बताए । रिसोर्टमा कोठाको शूल्क न्यूनतमम एक सय ५० डलर रहने बताए । रिसोर्टमा ६५ जना क्षमताको रेष्टुरेण्ट र ८० जना क्षमताको कन्फ्रेन्स हल समेत रहेको उनले बताए ।

पर्यटकले रिसोर्टको तेस्रो तलामा स्विमिङसहित स्पाको सुविधा लिन सक्ने गरी तयार पारेको छ । रिसोर्टमा पर्यटकले नेपाली रैथाने परिकारदेखि कन्टिनेन्टल परिकारको स्वाद लिन सक्नेछन् । होटल वाराहीको व्यवस्थापन रहने रिसोर्टमा ६५ जना दक्ष जनशक्तिले काम गर्ने पौडेलले बताए ।

कमेन्टहरु
Loading...