पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’

सागर राज तिमिल्सिना
पोखरा, २३ कात्तिक / पहिले पोखरा पुग्ने पर्यटकहरुका लागि लेकसाइडमा मात्रै स्तरीय होटलहरु पाइथे । विस्तारै पोखरा आसपासका डाँडामा पनि स्तरीय होटल सञ्चालनमा आएका छन् । आँखै अगाडि सुन्दर हिमाल, फेवाताल, हरियाली डाँडा, पोखरा शहरको दृश्यावलोकन गर्दै बस्न पाइन्छ ।

पर्यटक पनि शहरमा भन्दा डाँडाकाँडा घुम्न र बस्न मन पराउँछन् । पर्यटकको यही चाहनालाई मध्यनजर गरी होटल व्यावसायीले डाँडामा होटलमा ठुलो लगानी बढाउदै गएका छन् । पोखरा आसपासका डाँडामा होटल स्तरीय होटल खोल्ने प्रतिस्पर्धा नै चल्न थालेको छ ।

पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’
पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’

अहिले पोखराको सराङकोट, बेगनास तालस आसपास, रुपाकोट, मर्टिखान, नौ डाँडा, पुम्दीभुम्दी, विश्व शान्ति स्तुपा आसपासमा होटल खुल्ने क्रम बढिरहेको छ । करिब एक दर्जन स्तरीय होटल सञ्चालनमा आइसकेका छन् । केहि दिन पहिले पोखराको सराङकोटमा स्तरीय होटल सञ्चालनमा आएको छ । पर्यटन वर्ष २०२० लाई लक्ष्त गर्दै सराङकोट माउन्टेन लज सञ्चालन आएको हो ।

होटलमा २ वटा स्विट र २८ वटा डिलक्स रुम छन् । ८० जना क्षमताको सभाहल समेत रहेको रिसोर्टमा रेस्टुरेन्ट, बार, स्पा, मसाज रुमको पनि व्यवस्था छ । प्रत्येक कोठाका बाल्कोनीबाट हिमाल सहित फेवाताल, पोखरा, हेमजा सहर सहित हरियाली पहाडहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’
पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’

८ रोपनी जग्गामा निर्माण गरिएको लजमा ३५ करोड रुपैयाँ लगानी भएको होटलका सिस्टम एण्ड डेभलपमेन्ट म्यानेजर प्रदिप न्यौपाने जानकारी दिए । नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अत्याधिक प्रयोेग गरी बनाइएको लज वाराही गुरु अन्तर्गत सञ्चालनमा आएको हो ।

पोखराका युवा व्यवसायी विप्लव पौडेल र नारायण पहारीले लगानीमा रहेको ‘सराङकोट माउन्टेल लज’मा स्विमिङ पुलमा पनि माछापुच्छ्रे र अन्नपूर्ण सहितका हिमालको छायाँले पर्यटक आकर्षित गरेको छ ।

५ तले होटलको टपमा रहेको स्विमिङ पुलमा हिमालय रेन्जसहित वरपरका हरियाली डाँडाहरुको प्रतिछायाँ देखिन्छ । पोखराकोे लेकसाइडबाट विन्ध्यबासिनी मन्दिर हुँदै करिब १४ किलोमिटर दुरीमा लज पुग्न सकिन्छ । सर्ट हाइकिङ, साइकिलिङ, प्याराग्लाइडिङ, बञ्जीजम्प, फरेस्ट वाल्कबाट सराङकोट पर्यटक पुग्छन् ।

नेपाली पर्यटकका लागि एउटा कोठाको १० हजार रुपैयाँ र विदेशीलाई १२० डलर शुल्क निर्धारण गरिएको छ । सेवा शुभारम्भका छुटको समेत व्यवस्था गरेको न्यौपानेले बताए । अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका र औपचारीक संचालन पछि ४५ जनाले रोजगारी पाउने उनले बताए ।

वाराही गुरुप अन्तर्गत पोखराको लेकसाइडमा होटल वाराही, चितवनको मेघौलीमा वाराही जंगल लज सञ्चालनमा छन् भने काठमाडौंको कान्तिपथमा पाँचतारे होटल वाराही प्लाजा निमार्णका अन्तिम तयारीमा छ ।

कमेन्टहरु
Loading...