सरकारी छापहरु किर्ते गर्ने पौडेल पक्राउ

पोखरा, ६ पुष / प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा पर्वतका राजु पौडेल पक्राउ गरेको छ । लिखत किर्ते गर्न प्रयोग हुने सरकारी छापहरु तथा किर्ते लिखत कागजात तयार गर्न प्रयोग गर्दै आएको कम्प्युटर सहित उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले पक्राउ गरेको हो ।

पर्वतको कुश्मा बजार भित्रका विभिन्न कम्प्युटर इन्स्टिच्यूटहरुबाट लिखत सम्वन्धी कसुरजन्य अपराधहरु हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

खानतलासी गर्दा कुस्मा नगरपालिका वडा न ५ लोकतान्त्रिक चोकमा रहेको मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसका सञ्चालक पक्राउ परेका हुन् । ३९ वर्षीय पौडेललाई नियन्त्रणमा लिई लिखत सम्वन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु
Loading...