व्यवसायी गौचनका हत्याका मुख्य योजनाका बस्नेतलाई मुस्ताङ लगियो

सागर राज तिमिल्सिना

पोखरा, १५ असोज /नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई सोमबार

प्रहरीले मुस्ताङ जेल लगिको छ । काठमाडौंको नखु कारागारमा रहेका बस्नेतलाई सोमबार बिहान जहाजबाट पोखरा र पोखराबाट सडक मार्ग हुदै

मुस्ताङ लैजादै गरेको प्रहरीले जानकारी दिएको छ ।

बस्नेतलाई बुद्ध एयरको विमानबाट पोखरा र पोखराबाट ना १ झ १४२८ नम्बरको प्रहरीको गाडीमा मुस्ताङ लैजादै गरेको छ । व्यवसायी शरदकुमार

गौचन र बुटवलका दुर्गा तिवारीको हत्या आरोपमा बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत मंसिरमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याए थियो । गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित

घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो । २०७३ पुस ४ गते रुपन्देही जिल्लाका युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनी

सम्लग्न रहेको प्रहरीको आरोप छ ।

बस्नेतकी श्रीमती माया शेरचनले मुस्ताङ लैजानु संकास्पद भएको बताइन् । उनले घटना काठमाडौ र बुटवलमा भएको तर मुस्ताङ लैजानु रहस्यमय

भएको बताइन । ‘जेलमा असुरक्षा भए काठमाडौ कै अर्को जेलमा लैजान पर्ने हो,’ उनले भनिन् ‘तर मुस्ताङ लगिदै छ, रहस्यमय छ ।’ परिवारलाई पनि

खबर नै नगरी लगिन लागेकाले अझ संकास्पद भएको उनलेको भनाई छ ।

बस्तेन सगँ ३ जना सिबिल सहित ४ जना प्रहरी जहाजबाट आएका थिए भने पोखराबाट थप बलका साथ मुस्ताङ गएको छ । प्रहरीले किन मुस्ताङ

लगिएको हो भन्ने बारेमा भने जानकारी दिएन ।

व्यवसायी शरदकुमार गौचनका हत्याका मुख्य योजनाका समिरमान बस्नेतलाई मुस्ताङ लगिदै

व्यवसायी शरदकुमार गौचनका हत्याका मुख्य योजनाका समिरमान बस्नेतलाई मुस्ताङ लगिदै

Posted by Ganthan.com on Monday, October 1, 2018

 

कमेन्टहरु
Loading...