‘सिङगो मन्त्रीमण्डल नै भ्रष्ट छ’– गगन थापा

पोखरा २१ माघ/नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृवको सरकारका मन्त्रालय सबै भ्रष्ट रहेको आरोप लगाएका छन् । कांग्रेसले नेकपा नेतृत्वको सरकारविरुद्ध देशव्यापी रुपमा गरेको प्रदर्शनलाई पोखरामा सम्बोधन गर्दै नेता थापाले सबै मन्त्रालयमा भ्रष्ट्राचार नै भ्रष्ट्राचार देखीएको बताए ।

उनले सरकार जनताको पक्षमा भन्दा पनि माफियाको पक्षमा उत्रेको उनको भनाई छ । डा. गोविन्द के.सी. को आमरण अनसनको प्रस® उप्काउँदै उनले भने, ‘अहिलेको सरकारलाई आम नेपालीको चिकित्सा शिक्षामा सहज पहुँच पु¥याउँनु पर्छ भन्ने मान्छेको चिन्ता छैन । चिकित्सा क्षेत्रमा व्यापार गर्नेको चिन्ता छ ।’ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको प्रस® पनि उनले उप्काएका थिए ।

मुलुक संघीय शासन प्रणालीमा गई सके पनि प्रधानामन्त्री संघीयता खारेज गर्न उद्दत रहेको आरोप लगाए । सरकार गलत बाटोमा हिडेकाले सचेत गराउँन देशव्यापी विरोध प्रर्दशन गरेको उनको भनाई छ । ‘यो त टेलर मात्र हो,’ उनले भने, ‘फिल्म अझैं बाँकि छ ।’ पोखराको पृथ्वीचोकबाट शुरु भएको विरोध जुलुस सभागृहचोक, न्युरोड, चिप्लेढुङगा हुदै महेन्द्रपुलमा पुगेर कोषसभामा परिणत भएको थियो ।

कालो झण्डा

नेपाल विद्यार्थी संघ कास्कीका नेताहरुले थापालाई सभालाई सम्बोधन गर्ने क्रममा कालो झण्डा देखाएका छन् । पोखरा महानगरपालिकाको गाडिमा आगजनी गरेको भन्दै भत्र्सना गरेपछि उनलाई कालो झण्डा देखाएका हुन् ।

कमेन्टहरु
Loading...