संजालद्धारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

पोखरा, २३ भदौ / कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नागरिक स्तरमा भएका समस्यालाई सम्बोधन गर्नका लागी आफु तप्पर रहने बताएका छन् ।

गत साता मात्रै सरुवा भई कास्की जिल्ला प्रशासन कार्यलय आइपुगेका केसीले शान्तिका लागी नागरिक समाजको संजालको टोलीसंगको भेटमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा छुट्टै टिम बनाएरै सुधारको प्रयास गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

भेटमा शान्तिका लागी नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले डेंगु रोग नियन्त्रणमा प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

‘डेंगुका कारण सयौं मानिस बिरामी छन् नियन्त्रण प्रभावकारी देखिएन , अस्पतालमा समेत सरसफाइको प्रबन्ध मिलाउनु पर्ने देखियो’,उनले भने ।

बरालले दशैको बेलामा हुन सक्ने कालोबजारी र ढिला सुस्तीलाई अनुगमन गरि कारवाही गर्न माग गरेका थिए । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले महिला तथा बालबालिका माथी हिंसा बढ्दै गएको प्रति सचेत गराए ।

‘महिला र बालबालिका हिंसा बढ्दो छ ,अझ सडक बालबालिका व्यबस्थापन गर्नुपर्ने तत्कालको आवश्यकता देखिएको छ ’,उनले भने । जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिती कास्कीका अध्यक्ष शेखर गौतमले शिक्षा र यातायातका वेथितीलाई सुधारका लागी ध्यानाकर्षण गराए ।

बालगृह संजालका महासचिव विजय प्रधानले सराङकोट स्थित बालगृहलाई व्यबस्थित बनाउन आवश्यक पहलका लागी आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...