सामाजिक संजालमा चितवनको एसपी दानबहादुर भन्दै कास्कीको प्रहरीको प्रमुखको तस्बिर दुरुपयोग

कडा कार्वाही गर्ने

पोखरा, ४ भदौ/ कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीको फोटो दुरुपयोग भएको छ । सामाजिक सञ्जालमा कास्की दानबहादुर कार्कीको फोटोलाई चितवन प्रहरी प्रमुख एसपि दानबहादुर मल्लको तस्बिर भनि सामाजिक सञ्जालमा दुरुपयोग भएको हो ।

“रबि दाइ लाई फसाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरिक्षक दान बहादुर मल्ल एसपी नै हत्या गर्ने ब्यक्ति हुन भनि उनी माथि हत्गढी लगाईएको छ यो सालो कुकुर हो दान बहादुर मल्ल एसपी आरआइपी ” लेखेर सामाजिक सञ्जालमा प्रयोग भएको प्रति कास्की प्रहरीले आपत्ति जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी संग १ दिन कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण गराउदा विद्यार्थीले हतकडी के हो, किन र कसरी लगाइन्छ भन्ने प्रश्नमा प्रहरी उपरीक्षक दान बहादुर कार्कीले आफ्नै हातमा हतकडी लगाई विद्यार्थीहरुलाई प्रशिक्षित गराएको तस्बिर गन्थन डटकममा प्रकाशित भएको थियो ।

सोही तस्बिरलाई प्रयोग गरेकोमा प्रहरीको आपत्ति छ । जिल्ला प्रहरी कार्यालय कास्की बुधबार विज्ञप्ति जारी गरि समाजिक संञ्जालहरुमा अपलोड गरी चरित्र हत्या हुने गरी प्रकाशन गरिएको पाईएको हुदा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै पनि सभ्य नागरिकले त्यसरी फोटो अपलोड, शेयर र कमेन्ट गर्दा कानुनी ब्यवस्था तथा ब्यक्तिगत र सामाजिक मर्यादा समेतलाई ध्यान दिनुहुन अनुरोध गर्दै त्यस्ता कानुन बिपरितका कार्य गर्नेलाई कानुन बमोजिम कारवाही हुने ब्यहोरा समेत कास्की प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

कमेन्टहरु
Loading...