सिके राउत समुहले रुपन्देही प्रहरी चौकीमा आक्रमण

बुटवल, ९ फागुन /रुपन्देहीको दक्षिणी भेगमा आइतबार दिऊसो प्रहरी चौकीमाथि आक्रमण भएको छ । सिके राउत समूहले सिलौटिया गाविस स्थित वडलिया प्रहरी चौकीमा ढुंगामुढा गर्दै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणमा परी ४ जना प्रहरी घाइते भएको अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रमूख वरिष्ठ प्रहरी उपरिक्षक दीपक थापाले बताए । आक्रमणकारीले प्रहरीको एउटा एसएलआर हतियार लुटेकोमा प्रहरीले बरामद गर्न सफल भएको एसएसपी थापाले बताए ।

स्थिीत नियन्त्रणमा लिने क्रममा प्रहरीले ५ राउण्ड हवाइ फायर र ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीको शक्ति कम रहेको अवस्थामा प्रहरी माथि आक्रमण भएको बताइएको छ ।

कमेन्टहरु
Loading...