साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने

पोखरा, २३ साउन / साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ ।

पार्टीले सोही दिन कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नोतर्फबाट उम्मेदवारी समेत घोषणा गर्नेछ । ‘यो निकै भव्य कार्यक्रम हुनेछ । एकै दिन पार्टीको कास्की जिल्ला सँयोजक, पोखरा महानगर सँयोजक र उपनिर्वाचनका लागि उम्मेदवार घोषणा कार्यक्रमले पक्कै एउटा तरंग ल्याउनेछ ।’साझा पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले भने–‘पछिल्लो समय संगठन विस्तारलाई पार्टीले बढि जोड दिएको छ । पार्टीमानयाँ साथीहरुको लहर पनिगज्जबको छ । पार्टीलाई सांगठनिक तरिकाले अगाडि बढाउन पनिआवश्यक छ ।’

साझा पार्टीका गण्डकी सँयोजकका अनुसार जिल्ला सँयोजक,महानगर सँयोजक र कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागिउम्मेदवारको नाम सोही दिनमात्र सार्वजनिक गरिनेछ ।

भदौको दोस्रो साताहुने कार्यक्रममा साझा पार्टीका केन्द्रीय स्तरका सम्पूर्ण नेताहरुको सहभागिता रहने भण्डारीले बताए । ‘यसभन्दा अगाडि तेस्रो स्थानमाआएको साझा पार्टीले अबको उपनिर्वाचनमा कस्तो उम्मेदवारलाई उठाउँछ भन्ने कुरा सबैको चासोको विषयहो । त्यसैले हामीले उम्मेदवार घोषणालाई विशेष रुपमालिएका छौँ ।’पार्टीका गण्डकी सँयोजक भण्डारीले भने–‘साझा पार्टीको लागि यो ऐतिहासिक क्षणपनिहो । जिल्ला र महानगर सँयोजकसँगै उपनिर्वाचनको उम्मेदवार घोषणाले जनतामाझ धेरै चासो उब्जाएको छ । यी सबै जिज्ञासा कार्यक्रमकै दिन मेटिनेछन् ।’

साझा पार्टी गण्डकीले यो एक वर्षको बीचमा तीन दर्जन भन्दा बढि कार्यक्रमहरुको आयोजना गरिसकेको छ । विभिन्न जिल्लामा संगठन विस्तार केन्द्रित भेला र छलफलसँगै सामाजिक अभियानसँग सम्बन्धित कार्यक्रमहरु यो वर्ष भएको पार्टीले जनाएको छ ।

यो बीचमा गण्डकी प्रदेशभित्र पर्ने जिल्लाहरु मध्ये नवलपुरमा यसअगाडि नै सँयोजक घोषणा कार्यक्रम भैसकेको छ । त्यस्तै नवलपुरकै देवचुली नगरपालिकामा पनि सँयोजक घोषणा कार्यक्रम भैसकेको पार्टीको गण्डकी प्रदेश शाखाले जनाएको छ ।

भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक घोषणा कार्यक्रममा जुटेको गण्डकी प्रदेश शाखाले लगत्तै अन्य जिल्लाहरुमा पनि सँयोजक घोषणा गर्दै जाने जनाएको छ ।

कमेन्टहरु
Loading...